नीति कार्यक्रम थाकेको सरकारको बासी प्रस्तुति हो : रास्वपा
२०८२ वैशाख १९ शुक्रवार
- शुक्रबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न नसकेको बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सरकार थाकेर, हारेर, कल्पनाशीलता गुमाएर नीति तथा कार्यक्रम ल्याएको भन्दै यसमा कुनै पनि नयाँपन नभएको बताएका छन् ।
शुक्रबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न नसकेको बताएका हुन् ।
उनले भने, ‘यो सरकार पुरै थाकेर, हारेर, कल्पनाशीलता गुमाएर केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न सकेको छैन । केही पछिल्ला वर्षहरुमा सुनेका कार्यक्रमहरुलाई नै निरन्तरता दिएको देखिन्छ । ०७४ को चुनावपछि दुई तिहाइको सरकार बन्दा पूरा गर्न नसकिने हावादारी भएपनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो, तर, आज यो सरकारमा कल्पनाशीलता कतै पनि देखिँदैन ।’
साथै उनले यो सरकार यति बलियो हुँदा पनि कतै ल्याएको नीतिमा कल्पनाशिलता नदेखिएको बताए । उनले सरकारले ल्याएकोे नीति तथा कार्यक्रमको आकार सरकारले घटाएर ल्याएको बताए ।
यसैगरी रास्वपाका उपसभापति डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी नीति तथा कार्यक्रम थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम भएको टिप्पणी गरे । उनले सरकारले ल्याएकोे नीति तथा कार्यक्रमको फेल भइसकेको पुरानै कार्यक्रम भएको टिप्पणी गरे ।
उनले भने, ‘थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम हो । सबै फेल भइसकेका कार्यक्रमहरू दोहो¥याइएको छ । नयाँ कुरा केही पनि छैन । वर्तमान प्रधानमन्त्री ओलीजीले २०७४ सालमा दुई तिहाइको प्रधानमन्त्री हुँदा कम्तीमा पनि हावादारी कार्यक्रमको एउटा कल्पनाशीलता थियो । अहिले त हावादारी कार्यक्रममा पनि कल्पनाशीलता देखिएन ।
अहिले एकदम उथलपुथल भइराखेको छ । तर प्रशान्त महासागरको टापुजस्तो केही थाहा नभएको निरपेक्ष नीति तथा कार्यक्रम आएको छ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।