कांग्रेस श्रमिहरुलाई अधिकार दिलाउने पक्षमा सँधै अग्रस्थानमा छ : सभापति देउवा

२०८२ वैशाख १८ बिहीवार
सारांश
  • १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बोल्दै उनले नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना कालदेखि नै श्रमिक अधिकार र राजनीति अधिकारको पक्षमा बलियो रुपमा उभिँदै आएको बताएका हुन् ।

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिहरुको सम्मान र  हकहितको विषयमा नेपाल ट्रेड युनियन कांग्रेसले खेलेको भूमिका अत्यन्तै प्रशंसनिय रहेको बताएका छन् ।


१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बोल्दै उनले नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना कालदेखि नै श्रमिक अधिकार र राजनीति अधिकारको पक्षमा बलियो रुपमा उभिँदै आएको बताएका हुन् ।


उनले भने, ‘श्रमिहरुको सम्मान र  हकहितको  विषयमा श्रमिक आन्दोलनलाई सक्षम र श्रममैत्री बनाउन नेपाल ट्रेड युनियन कांग्रेसले  खेलेको भूमिका अत्यन्तै प्रशंसनिय छ । नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो स्थापना कालदेखि नै श्रमिक अधिकार र राजनीति अधिकारको पक्षमा बलियो रुपमा उभ्याउँदै आएको छ ।’ 


साथै उनले नेपाली कांग्रेस श्रमिहरुलाई सिमित अधिकार दिलाउने पक्षमा सधैं अग्रस्थानमा रहेको बताए । उनले स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति निर्माण गर्दै श्रमिकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाउनुपर्ने बताए ।


उनले भने, ‘नेपाली कांग्रेस श्रमिहरुलाई अधिकार दिलाउने पक्षमा सधैं अग्रस्थानमा छ । सामाजिक सुरक्षाले श्रमिकहरुको आफ्नो सम्मान गर्दै आफ्नो भविष्यको सुनिश्चित गर्ने विश्वास लिएको छु । स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति निर्माण गर्नुछ । श्रमिकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगारमा वृद्धि गर्ने गरी सरकारको नीति तथा कार्यक्रममा नयाँ बजेट ल्याउनुपर्छ ।

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार