श्रम संसार’ पोर्टलले गलत भाष्यलाई चिर्न सहयोग गर्छ : मन्त्री भण्डारी
२०८२ वैशाख १८ बिहीवार
- ‘श्रम संसार’ पोर्टलले मुलुकमा सम्भावना छैन, रोजगारीका अवसर छैनन् भन्ने भाष्य हटाउने बताएका हुन् ।
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले श्रमसँग सम्बन्धित अनलाइन सेवाले रोजगारीका अवसर छैन भन्ने भाष्य हटाउने बताएका छन् ।
‘श्रम संसार’ पोर्टलले मुलुकमा सम्भावना छैन, रोजगारीका अवसर छैनन् भन्ने भाष्य हटाउने बताएका हुन् ।
बिहीवार सिंहदरवारमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले गलत भाष्यलाई चिर्न श्रम संसार पोर्टले सजिलो बनाउने बताएका हुन् ।
उनले भने, ‘अहिले जुन गलत भाष्य निर्माण भएको छ, मुलुकमा सम्भावना छैन, रोजगारीका अवसर छैनन् जसले गर्दा वैदेशिक रोजगारीमा जाने बाध्यता छ, यहाँ भएको अलिअलि रोजगारी पनि पहुँचवालाले मात्र पाउँछ भन्ने भाष्य छ । त्यसलाई चिर्न श्रम संसार पोर्टले सजिलो हुनेछ । युवा वर्गमा पहुँच छैन भनेर निराशा पैदा भएको छ । त्यो हटेर जान्छ । जसको योग्यता छ उसले पाउँछ ।’
उनले आन्तरिक रोजगारी दशकमा सरकारले देशमा दक्ष जनशक्ति तयार गरेर बाहिरबाट आएका मानिसलाई विस्थापित गर्दै जाने पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक १ गते आइतबार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’