नेपालको सबैभन्दा ठूलो समस्या रोजगारी हो : अध्यक्ष भट्टराई
२०८२ वैशाख १८ बिहीवार
- १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बोल्दै उनले दुई तिहाई श्रमिकहरु अहिले पनि अनौपचारिक क्षेत्रमा काम गर्ने गरेको बताएका हुन् ।
काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा श्रमिकहरुको संख्या १ करोड ६९ लाख रहेको बताएका छन् ।
१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बोल्दै उनले दुई तिहाई श्रमिकहरु अहिले पनि अनौपचारिक क्षेत्रमा काम गर्ने गरेको बताएका हुन् ।
उनले भने, ‘श्रमिक भनेका शारीरिक र मानसिक रुपले आफ्नो क्षमता प्रयोग गरेर वस्तु र सेवा उत्पादन गर्ने समाजको उपयोगी चिजहरु उत्पादन गर्ने मान्छे नै श्रमिक हो । नेपालमा श्रमिकहरुको संख्या १ करोड ६९ लाख छ । विश्वका २०० देश मध्ये संसारका ३७ औँ सबै भन्दा ठूलो श्रमिक भएको देश नेपाल पनि हो । हामी सानो होइनौं, धेरै श्रमिक भएको मुलुकमा नेपाल पनि पर्छ । हाम्रा दुई तिहाई श्रमिकहरु अहिले पनि अनौपचारिक क्षेत्रमा काम गर्छन् ।’
साथै उनले नेपालको सबैभन्दा ठूलो समस्या रोजगारीको भएको बताए । उनले रोजगारी नै प्राप्त गर्न नसक्नु नै हाम्रो देशको दुर्भाग्य भएको बताए ।
‘उनले भने, नेपालको सबैभन्दा ठूलो समस्या भनेको रोजगारीको हो । रोजगारी नै प्राप्त गर्न नसक्नु नै हाम्रो देशको दुर्भाग्य हो । पुरुष श्रमिक भन्दा महिला श्रमिक बढि रहेको तथ्यांकले देखाएको छ । हामीले श्रमिकहरुलाई अहिले पनि हक अधिकारहरु दिलाउन सकेका छैनौं । राजनीति एउटा तमासा जस्तै भएको छ । जनताहरुलाई झुटा सपना देखाउने, चुनाव जिताउने, सत्तामा गएर जनताले तिरेको जुन कर छ त्यसैमाथि लुट मच्चाउने गरिएको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’