विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

२०८२ वैशाख १७ बुधबार
सारांश
  • बुधबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको समक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । 


बुधबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । 


जसमा गणतन्त्र बेलारुसका राजदूत महामहिम मिखाइल कास्को, जर्जियाका राजदूत महामहिम वख्ताङ जाओशभिली, गणतन्त्र मालीका राजदूत महामहिम ब्रिगेडियर जनरल फेलिक्स डायलो, कुवेत अधिराज्यका राजदूत मेसल मुस्तफा जे अलशेमाली र गणतन्त्र अर्मेनियाका राजदूत महामहिम वाहगन अफ्यान रहेका छन् । 


उक्त समारोहमा परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार