रास्वपा सुदूरपश्चिमको निर्णय : बझाङ, बाजुरा र दार्चुलामा ‘जनयात्रा’ कार्यक्रम गर्ने

२०८२ वैशाख १७ बुधबार
सारांश
  • नयाँ राजनीतिक कार्यदिशाको सुरुवात स्वरूप मंगलबार धनगढीमा प्रदेश सभापति ई. प्रकाश बिस्टको अध्यक्षता र प्रदेश इञ्चार्ज, केन्द्रीय सदस्य तथा सांसद हरि ढकालको उपस्थितिमा बसेकोे बैठकले यस्तो निर्णय गरेको हो ।

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशले आगामी दिनमा संगठनलाई थप मजबुत बनाउँदै जनस्तरसम्म पहुँच विस्तार गर्ने उद्देश्यले बझाङ, बाजुरा र दार्चुलामा ‘जनयात्रा कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।


नयाँ राजनीतिक कार्यदिशाको सुरुवात स्वरूप मंगलबार धनगढीमा प्रदेश सभापति ई. प्रकाश बिस्टको अध्यक्षता र प्रदेश इञ्चार्ज, केन्द्रीय सदस्य तथा सांसद हरि ढकालको उपस्थितिमा बसेकोे बैठकले यस्तो निर्णय गरेको हो । 


बैठकले हिमाली जिल्ला बझाङ, बाजुरा र दार्चुलालाई पहिलो चरणको अभियान क्षेत्रका रूपमा छनोट गरेको हो ।


रास्वपाका अनुसार लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित यो अभियानले ती जिल्लामा सशक्त उपस्थिति जनाउने छ र नागरिकसँग प्रत्यक्ष संवादमार्फत पार्टीको विचार आम नागरिकसम्म पु¥याउने विश्वास लिइएको छ ।


यसैगरी, संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित तहगत समितिको वार्षिक क्यालेन्डर निर्माण गरिने र कार्यकर्तालाई तालिममार्फत प्रशिक्षण दिइने निर्णय समेत बैठकले गरेको छ । संगठन सुदृढीकरण र सवलिकरणका लागि पहिलो चरणमा कैलाली, कञ्चनपुर र डडेल्धुरा जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।


रास्वपाले संगठनात्मक अनुशासन र वैचारिक स्पष्टतामार्फत पार्टीलाई जनतामाझ अझ विश्वसनीय र प्रभावशाली बनाउने रणनीति अघि सारेको जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार