पशुपति विकास कोषको ऐन परिमार्जन र संशोधनसहित मस्यौंदा तयार भएको छ : मन्त्री पाण्डे
२०८२ वैशाख १७ बुधबार
- बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले पशुपति विकास क्षेत्रको ऐन चाँडै मन्त्रिपरिषद्को बाटो हुँदै संसदमा लिएर जाने बताएका हुन् ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पशुपति विकास कोषको ऐन परिमार्जन र संशोधन गर्ने गरी मस्यौंदा तयार भैइसकेको बताएका छन् ।
बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले पशुपति विकास क्षेत्रको ऐन चाँडै मन्त्रिपरिषद्को बाटो हुँदै संसदमा लिएर जाने बताएका हुन् ।
उनले भने, ‘हामीले कोषको ऐन परिमार्जन र संशोधन गर्ने गरी मस्यौंदा पनि तयार गरिसकेका छौं । पशुपति विकास क्षेत्रको ऐन पनि हामी चाँडै मन्त्रिपरिषद्को बाटो हुँदै संसदमा लिएर जान्छौं र समसामयिक परिवर्तन गर्छौं । त्यसैगरी नियमावली लगायतका विषयहरुमा पनि विभिन्न खालका कुराहरु, विभिन्न खालका अपेक्षाहरु, विभिन्न आवश्यकताहरुलाई हामीले अर्थमन्त्रालय, कानुन मन्त्रालय, लोकसेवा आयोगलगायत सम्बन्धित ठाउँहरुमा हामीले गर्नुपर्ने काम मन्त्रालयका तर्फबाट तदरुकताका साथ गर्छौं ।’
साथै उनले नेपाल भन्नासाथ पशुपतिनाथको नाम सधैं अगाडि आउने गरेको बताए । उनले पशुपतिनाथले बोकेको दर्शन र उच्च आस्थाले नै नेपाललाई कहिले तल पर्न नदिने बताए ।
उनले भने, ‘हाम्रो देशको, हाम्रो सभ्यताको परिचय पहिचान भनेकै देवताका पनि देवता मानिएका महादेव हाम्रो आफ्नो पहिचान हो । विशेषगरी हामी कहिँकतै गयौं भने नेपाल भन्नासाथ पशुपतिनाथको नाम सधैं अगाडि आउँछ । पशुपतिनाथसँग धेरै कुरा आस्था छ । त्यो कारणले नेपालको आफ्नो पहिचान पनि छ । नेपालको राजनीति, कुटनीति, नेपालको अर्थनीति कहिँकतै कमजोर हुन खोज्यो भने पनि हाम्रो पशुपतिनाथले बोकेको जुन दर्शन छ, पशुपतिनाथले बोकेको जुन उच्च आस्था छ त्यो आस्थाले नेपाललाई कहिले तल पर्न दिँदैन । नेपाललाई माथि उठाउँछ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’