सरकारले थारु मधेशी एक हुन नदिन चौधरीलाई पक्राउ गरेको हो : प्रवक्ता यादव
२०८२ वैशाख १७ बुधबार
- उनले प्रज्ञा भवन कमलादीबाट आज हुने भनिएको पार्टी एकता सभा रोकिएको जानकारी गराउदै एकिकरण हुन नदिनलाई यो कार्य गरिएको बताएका हुन् ।
काठमाडौं : जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्नको लागि नाउपा संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको बताएका छन् ।
उनले प्रज्ञा भवन कमलादीबाट आज हुने भनिएको पार्टी एकता सभा रोकिएको जानकारी गराउदै एकिकरण हुन नदिनलाई यो कार्य गरिएको बताएका हुन् ।
‘तत्कालिन अवस्थामा हामीलाई एकिकरण हुन नदिनलाई यो कार्य गरिएको भन्ने हामीले बुझेका छौ । यो देशमा पहिचानवादी शक्तिहरु एक ठाउँमा नआओस् भन्ने ठुलो सन्देश गएको छ । हामी यसको भत्सर्ना पनि गर्छौ र अब के गर्ने भन्ने कुरा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका शीर्ष नेताहरु बसेर अगाडिको छलफल बढाउछौ ।’ उनले भने ।
उनले अर्का पार्टीको संरक्षक नै पक्राउ परेपछि एकता प्रक्रियालाई अगाडि बढाउनलाई उपयुक्त नदेखिएको भन्दै कार्यक्रम स्थगित भएको जानकारी गराए । उनले सरकारले थारु मधेशी एक हुन नदिन आजको घटना घटाएको भन्दै एकता प्रक्रिया नरोकिने पनि बताए ।
उनले भने, ‘राज्यले पहिचानवादीहरु, थारु, मधेशीहरु, सिमान्तकृत वर्गहरु एक ठाउँ नआउन् भन्ने धारणाले यो नै घटना भएको हो । एकता प्रक्रिया रोकिदैन तत्कालको लागि स्थगित भएको मात्र हो । भईरहेको समस्या बुझेर यसलाई अगाडि कसरी लाने छलफल गरी यो एकता गरी छाड्छौ । आज ढिलो हुने कारण प्राविधिक थियो त्यसमा अरु कारण केही थिएन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।