सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

२०८२ वैशाख १६ मंगलवार
सारांश
  • मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले पटक –पटक व्यवस्था र सरकार फेरिदा पनि सरकारले २८ सालमा आएको शिक्षा ऐन फेर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक ऐन ल्याउन नसक्ने सरकारले देश चलाउँछु भन्नु अब सपना मात्र हुने बताएका छन् । 


मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले पटक –पटक व्यवस्था र सरकार फेरिदा पनि सरकारले २८ सालमा आएको शिक्षा ऐन फेर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।


उनले भने, ‘सरकराले २८ सालमा आएको ऐन पटक पटक व्यवस्था फेरिए । पटक पटक सरकार फेरियो । तर जाबो एउटा शिक्षक ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउछु भन्नु पनि अब हामीलाई सपना जस्तो भएको छ ।’ 


त्यस्तै, उनले सरकारी कर्मचारीले राजनीति गर्न नपाइने व्यवस्था नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न नसक्ने भन्दै सबै भातृ संगठनहरु खारेज गर्नुपर्ने बताए  ।


उनले भने, ‘आज जसरी पार्टीका शिक्षकहरु छन् पार्टीका विद्यार्थीहरु छन् । सबै भातृ संगठनहरु खारेज नै गर्नुपर्छ । किनकी सरकारी कर्मचारीले राजनीति गर्ने होईन् । त्यो नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न सक्दैन् ।’  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार