शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’
२०८२ वैशाख १६ मंगलवार
- मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोरा खुवाउने र गीत गाउँने रुपमा मात्र व्यवस्थापन नगरी शिक्षकलाई तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गर्न माग गरे ।
काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा गरेर चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोरा खुवाउने र गीत गाउँने रुपमा मात्र व्यवस्थापन नगरी शिक्षकलाई तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गर्न माग गरे ।
उनले भने, ‘शिक्षक सम्पूर्ण देशका हुन र सबैलाई पढाउने शिक्षक हुन । उहाँहरुलाई बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने पानीको फोरा खुवाउने र गीत गाउँने रुपमा व्यवस्थापन नगरियोस् । तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गरियोस् ।’
त्यस्तै, उनले नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले यसबारे सदनमा आएर जवाफ दिने वातावरण सृजना गर्न पनि माग गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’