शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्छ : सांसद श्रेष्ठ
२०८२ वैशाख १५ सोमवार
- सोमबार प्रतिनिधिसभाको बैठकमा उनले शिक्षकहरुको आन्दोलनले गर्दा बच्चाहरुको पढ्न पाउने अधिकार गुमि रहेको भन्दै शिक्षकहरुलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो छिटो गर्न माग गरेकी हुन् ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षकहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्ने बताएकी छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा उनले शिक्षकहरुको आन्दोलनले गर्दा बच्चाहरुको पढ्न पाउने अधिकार गुमि रहेको भन्दै शिक्षकहरुलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो छिटो गर्न माग गरेकी हुन् ।
उनले भनिन्, ‘हिजो बैसाख १४ गते प्रहरीहरुले शिक्षकहरुमाथि जुन दमन भयो त्यसले गर्दा दर्जनांै शिक्षकहरु अस्पतालमा छन् । उहाँहरुको न्यायोचित र गुणस्तर नखस्किने मागहरु तत्काल राज्यले सम्बोधन गर्नुपर्यो, शिक्षाको बजेट कति छ त्यो सरकारले यहाँ आएर भन्नुपर्यो र शिक्षकहरुलाई पनि भन्नुपर्यो, पठनपाठनको अवस्था बनाउनुपर्यो । हाम्रो बच्चाहरुको पढ्न पाउने अधिकार गुमि रहेको छ । शिक्षकहरुलाई के गरेर विद्यालयमा फिर्ता गर्न सकिन्छ त्यो छिटो गर्न माग पनि गर्न चाहान्छु ।’
यस्तै, उनले शिक्षकहरुले शिक्षा ऐनमा राखिएको कुरा र राजनीतिक दलहरुले राजनीतिक दल सम्बन्धी ऐनले भनेको कुरा पालना गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘शिक्षकहरुलाई पनि भन्न चाहान्छु, शिक्षा ऐनमा राखिएको कुरा तपाईंहरुले पनि पालना गर्नु राजनीतिक दललाई पनि भन्न चाहान्छु राजनीतिक दल सम्बन्धी ऐनले शिक्षकहरुलाई राजनीतिक सदस्यता दिनु हँुदैन् भनेर जुन भनेको छ त्यसको पालना गर्नु र राज्य अधिनायकवाद तर्फ लम्किदै हुनुहुन्छ यसमा आपत्ति जनाउछु ।’
उनले यो राज्य अधिनायकवाद र अत्याचार तर्फ हिँडिरहेको भन्दै यसमा गम्भिर ध्यानाकर्षण समेत गराएकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।