देशभक्त र राष्ट्रवादी शक्तिहरु एक ठाउँमा आउनुपर्छ : लिङ्देन
२०८२ वैशाख १५ सोमवार
- सोमबार राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले अहिले सिङगो देशले राप्रपालाई आशाको नजरले हेरिराखेको भन्दै सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बढ्न राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार रहेको बताए ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लुटतन्त्र, निरङकुशता हावी भइरहेको भन्दै त्यसको अन्त्यको लागि राप्रपा बाहेक कुनै विकल्प नरहेको दाबी गरेका छन् ।
सोमबार राजावादी आन्दोलनको क्रममा पक्राउ परेकाहरुको रिहाइको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको जनप्रदर्शनमा बोल्दै उनले अहिले सिङगो देशले राप्रपालाई आशाको नजरले हेरिराखेको भन्दै सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बढ्न राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार रहेको बताए ।
उनले भने,‘अहिले प्रजातन्त्रको नाममा लोकतन्त्रको नाममा देशमा लुटतन्त्र, निरङकुशता हावी भइरहेको छ । त्यसको अन्त्यको लागि हामी बाहेक देशमा कोही विकल्प र शक्ति छैन् । अहिले सिङगो देशले हामीलाई आशाको नजरले हेरिराखेको छ । त्यसकारण सबै देशभक्ति साथीलाई आग्रह गर्न चाहन्छु । सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर देशलाई निकास दिन एक ठाउँ बसेर अगाडि बसौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सदैव तयार छ ।’
त्यस्तै उनले अहिले भ्रष्टाचार, कुशासनले आज देश आक्रान्त भएको भन्दै सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको बताए । यस्तो अवस्थामा देशको अस्मिताको रक्षाको लागि देशका सबै देशभक्त र राष्ट्रवादी शक्तिहरु एकठाउँमा आउन आवश्यक रहेको उनको भनाई छ ।
उनले भने,‘देश हाम्रो समयकै सबैभन्दा अप्ठ्यारो अवस्थामा छ । भ्रष्टाचार कुशासनले आज देश आक्रान्त छ । त्यति मात्र होइन, हाम्रो भविष्यका सन्ततीको समेत भविष्य अन्यौंल बनेको छ । यस्तो अवस्थामा देशको अस्मिताको रक्षाको लागि देशका सबै देशभक्त र राष्ट्रवादी शक्तिहरु एकठाउँमा आउन आवश्यक छ । ’
लोकतन्त्रका ,मानव अधिकारका कुरा गर्नेहरुले चैत्र १५ गते लोकतन्त्र र मानव अधिकारको खिल्ली उडाएको उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।