आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन गर्यो : जनार्दन शर्मा
२०८२ वैशाख १५ सोमवार
- सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले शिक्षकहरुका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ भन्दै प्रश्न गरेका हुन् ।
काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रुपमा आन्दोलनमा बसिरहेका शिक्षकहरुमाथि सरकारले दमन गरेको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले शिक्षकहरुका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ भन्दै प्रश्न गरेका हुन् ।
उनले भने, ‘शिक्षकहरु आन्दोलनमा हुनुहुन्छ । हिजो मात्रै शान्तिपूर्ण शिक्षकहरुको आन्दोलनमा सरकारले दमन गर्यो । शान्तिपूर्ण रुपमा बसिरहेको शिक्षकहरुमाथि पानीको फोहोरा, अश्रुग्यास, लाठ्ठि प्रहार गरेर दर्जौनौ शिक्षकहरु घाइते हुनुभएको छ । पत्रकार सविना कार्की गम्भिर घाइते हुनुभएको छ । यस्तो अवस्था किन सिर्जना भैइरहेको छ ? सरकारले शिक्षकहरुका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ यसको म भत्र्सना गर्न चाहन्छु, खेद प्रकट गर्न चाहन्छु ।’
साथै, उनले शिक्षा ऐनलाई परिवर्तन गर्नुपथ्र्यो, पाठ्यक्रम परिवर्तन गर्नुपथ्र्यो तर त्यो नभैइरहेको बताए । उनले राज्यले नै ऐन बनाएर दिनुपर्ने कुरामा आज शिक्षकहरु हामीलाई ऐन देऊ भनेर माग्न आइरहेको सन्दर्भमा उनीहरुको मागलाई सम्बोधन गरेर जायज मागहरुलाई पुरा गरेर जानुको सट्टा सरकार मुकदर्शक बनिरहेको बताए ।
उनले भने, ‘संविधान निर्माणसँगै हामीले नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्दथ्यो । आजको विकास, आजको देशको आवश्यकता, आजको टेक्नोलोजि प्रयोग गर्नेगरी शिक्षा ऐनलाई परिवर्तन गर्नुपथ्र्यो, पाठ्यक्रम परिवर्तन गर्नुपथ्र्यो तर त्यो भैइरहेको छैन । आज पुराना ऐन र कानुनहरुले आज संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा बाधा अड्चन भैइरहेको छ । राज्यले नै ऐन बनाएर दिनुपर्ने कुरामा आज शिक्षकहरु हामीलाई ऐन देऊ भनेर माग्न आइरहेको सन्दर्भमा उनीहरुको मागलाई सम्बोधन गरेर जायज मागहरुलाई पुरा गरेर जानुको सट्टा मुकदर्शक बनिरहेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’