सरकार थप जिम्मेवार र संवेदनशिल बन्न जरुरी छ : सांसद बडू

२०८२ वैशाख १५ सोमवार
सारांश
  • सोमबार बसेको प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा आइतबार अकस्मात दुबै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद् र लज्जास्पद् रहेको बताए ।

काठमाडौं : नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले तत्काल सकारात्मक सोचकासाथ शिक्षकहरुको माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । 


सोमबार बसेको प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा आइतबार अकस्मात दुबै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद् र लज्जास्पद् रहेको बताए । 


जननिर्वाचित लोकतान्त्रिक सरकार दमन गर्न तर्फ नभई थप संयमित, जिम्मेवार र संवेदनशिल बन्न जरुरी रहेको पनि उनको भनाई छ । 


उनले भने, ‘गत २७ दिनदेखिको शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा हिजो अकस्मात दुबै तर्फबाट बल प्रयोग हुनु अत्यन्तै दुखद् र लज्जास्पद् छ । जननिर्वाचित लोकतान्त्रिक सरकार थप संयमित, जिम्मेवार र संवेदनशिल बन्न जरुरी छ । सरकार दमन गर्न तर्फ होईन् । सकारात्मक सोचकासाथ शिक्षकहरुको माग सम्बोधन गर्न तर्फ अविलम्ब अग्रसर बनोस् ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार