भ्रष्टाचारका काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइसक्यो : सांसद सिंह
२०८२ वैशाख १५ सोमवार
- सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारको कथा बजारमा छर्लङ आइराखेको बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नयाँ नयाँ भ्रष्टाचार काण्डहरुले देश अस्तव्यस्त अवस्थामा गैइरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारको कथा बजारमा छर्लङ आइराखेको बताएका हुन् ।
उनले भने, ‘देश अस्तव्यस्त अवस्थामा छ । एक महिना हुन लागिसक्यो शिक्षक आन्दोलन, मिटरव्याजी आन्दोलन, सहकारी पीडित आन्दोलन, डाक्टरहरुको आन्दोलन र कर्मचारीहरुको पनि तयारी हुन गैइराखेको छ । नयाँ नयाँ भ्रष्टाचार काण्ड आइराखेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पर्मलोडको कथा बजारमा छर्लङ आइराखेको छ ।’
साथै, उनले भ्रष्टाचार काण्डहरु ओझेलमा पार्नको लागि यो सरकारले राजावादीहरुले अस्थिरता ल्यायो देशमा भनेर आरोप लगाइरहेको बताए । उनले सदनमै पनि राजावादीहरुलाई फोड्नुपर्छ, जेलमा हाल्नुपर्छ भन्ने अभिव्यक्ति आएको समेत बताए ।
उनले भने, ‘भ्रष्टाचारका यी काण्डहरु ओझेलमा पार्नको लागि अब सरकारले राजावादीहरुले अस्थिरता ल्यायो देशमा भनिकन यही सदनमा पनि यी राजावादीहरुलाई फोड्नुपर्छ, जेलमा हाल्नुपर्छ भन्ने अभिव्यक्ति आएको छ । हो हामी राजा चाहिन्छ यो देशमा भन्ने पार्टीका मान्छे हौं । यदी हामीबाट कुनै कमिकमजोरी भएको छ भने कारवाहीको सजाय भोग्न हामी तयार छौं । यदी देशको उन्नती र प्रगती गर्न यी भ्रष्टाचारीहरुलाई छिनोफानो गर्नुपर्ने छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’