अध्यक्ष लिङ्देनलाई कारवाहीको माग राख्दै सिडियोमार्फत ज्ञापन

२०८२ बैशाख १४ आइतबार
सारांश
  • पार्टीको सबै सहमहामन्त्रीलाई बदनाम गर्नेगरि शुक्रबारको प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भाटभटेनी लुटपाटको घटना सम्बन्धमा राखेको धारणाविरुद्व कारवाहीको मांग गर्दै आइतबार ज्ञापन पत्र बुझाएका छन् ।

जनकपुर : नेपाली कांग्रेस धनुषाले धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।


पार्टीको सबै सहमहामन्त्रीलाई बदनाम गर्नेगरि शुक्रबारको प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भाटभटेनी लुटपाटको घटना सम्बन्धमा राखेको धारणाविरुद्व कारवाहीको मांग गर्दै आइतबार ज्ञापन पत्र बुझाएका छन् । 


सयौंको संख्यामा जुलुस निकालेर जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका कांग्रेसका नेता तथा कार्यकर्ताले लिङ्देनविरुद्ध नाराबाजीसमेत गरेका थिए ।


नेपाली कांग्रेस धनुषाले लिङ्देनको गैरराजनितीक, बिना आधार प्रमाणको कपोकल्पित अभिव्यक्तिले पार्टीका सबै सहमहामन्त्री र प्रतिष्ठामाथी नै आँच आउने काम भएकाले प्रमाण दिन नसके लिङदेनलाई कारवाही हुनुपर्ने मांग अघि सारेको छ ।


ज्ञापन पत्र बुझाउन नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियार, पदाधिकारीहरु, मन्त्री तथा प्रदेश सांसद शेष नारायण यादव, प्रदेश सांसद कुमरकान्त झा, प्रदेश सदस्य जिवनाथ चौधरी लगायतका सयौं नेता तथा कार्यक्रताहरु पुगेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार