आज दुईवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२०८२ बैशाख १४ आइतबार
सारांश
  • आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठक र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो ।

काठमाडौं : आज संघीय संसद अन्तर्गत दुई वटा समितिको बैठक बस्दै छ । 


आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठक र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्न लागेको हो । 


बिहान ११ बजे सिंहदरबारमा बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 


त्यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान साढे ८ बजे बस्दैछ । बैठकमा नेपाल सरकारले प्रस्तुत गर्ने आ.व. २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताका लागि समितिको तर्फबाट सुझाव सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार