राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाइयो : सांसद गिरी
२०८२ बैशाख १४ आइतबार
- आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जिम्मेवार तहमा रहेका व्यक्तिहरूले शिक्षकहरू विशुद्ध पेसागत हितको माग लिएर आन्दोलनमा आएपनि त्यसो हुन नदिएको बताएका हुन् ।
काठमाडौं : नेकपा एमालेका सांसद पदम गिरीले आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन लागिएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जिम्मेवार तहमा रहेका व्यक्तिहरूले शिक्षकहरू विशुद्ध पेसागत हितको माग लिएर आन्दोलनमा आएपनि त्यसो हुन नदिएको बताएका हुन् ।
उनले भने, ‘आज शिक्षकहरु लामो समयदेखि आन्दोलनमा छन् । विद्यार्थीहरुले शिक्षण संस्थामा भर्ना हुन पाएका छैनन् । कक्षा १२ को परिक्षा सञ्चालन हुन सकिरहेको छैन । हिजो सरकारको नेतृत्वमा आफू रहने । आफै बसेर शिक्षकसँग वार्ता र सहमति गर्ने । अनि त्यो सहमतिलाई कार्यान्वयन नगर्ने । तर अहिले सारा शिक्षाभित्रका समस्याहरू वर्तमान सरकारले गर्दा आएको हो । वर्तमान प्रधानमन्त्रीले गर्दा भएको हो भन्ने गरी जनतामा भ्रम पार्ने काम भइरहेका छन् । यो बिलकुल गलत हो ।’
साथै उनले यसअघि एउटा कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सडक आन्दोलन नछाड्न शिक्षकहरूलाई आग्रह गरेका थिए । प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै सांसद गिरीले शिक्षकहरूलाई गलत बाटोमा हिँडाउनका लागि उत्प्रेरित गरेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’