संसदमा लिङ्देनमाथि प्रश्न : रक्सी चोरेको प्रमाणित गर्न सक्नुहुन्छ ?
२०८२ बैशाख १४ आइतबार
- आइतबार बसेको प्रतिनिधिसभा बैठकको बोल्दै प्रमुख सचेतक घिमिरेले लिङ्देनलाई प्रमाणित गर्न नभएर कांग्रेसलाई लाञ्छित गरेको आरोप संसद्को रेकर्डबाट हटाउन उनको माग गरेका हुन् ।
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको बोल्दै प्रमुख सचेतक घिमिरेले लिङ्देनलाई प्रमाणित गर्न नभएर कांग्रेसलाई लाञ्छित गरेको आरोप संसद्को रेकर्डबाट हटाउन उनको माग गरेका हुन् ।
उनले भने, ‘बैसाख १२ गते बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षज्यूले चैत १५ को घटनामा भाटभटेनीमा लुटपाट भयो । त्यो लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको मसँग प्रमाण छ र त्यसको भिडियो फुटेज छ । उहाँलाई प्रकाउ गरियो, प्रकाउ गरिसकिएपछि सहमहामन्त्रीको छोरो हो भनेपछि छुट्याइयो भनेर रोष्टमबाटै अभिव्यक्ति दिनुभयो । सहमहामन्त्री नेपाली कांग्रेसमा मात्रै भन्ने चलन छ ।
अन्य पार्टीमा सहमहामन्त्री भन्ने प्रचलन छैन । त्यसकारण नेपाली कांग्रेसलाई ईङ्गित गरेको हो भनेर बुझ्न गाहे भएको छैन । र सहमहामन्त्री आठजना हुनुहुन्छ कुन चाँही सहमहामन्त्रीको कुन चाँही छोराले रक्सीको बोतल बोकेर हिड्नुभएको हो ? त्यो प्रमाणित गर्नको लागि आग्रह गर्दछु । होइन भने शब्द फिर्ता लिएर माफी माग्नुपर्छ ।’
चैत १५ गतेको घटना भन्दै राप्रपा अध्यक्ष लिङ्देनले वैशाख १२ गतेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सहमहामन्त्रीको छोरा भाटभटेनीको सामान लुटपाटमा संलग्न रहेको, प्रहरीले पक्राउ गरेपनि छाडेको अभिव्यक्ति दिएका थिए ।
उक्त कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके क्षमायाचना गर्न कांग्रेस प्रमुख सचेतक घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकबाट माग गरेका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।