मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका कार्यक्रमहरु सबै सफल थिए : विद्यादेवी भण्डारी

२०८२ बैशाख १३ शनिबार
सारांश
  • शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २६ औँ स्मृति दिवसका अवसर आयोजित कार्यक्रममा बोल्दै उनले मनमोहन अधिकारी नेतृत्वको सरकार सफल रहेको भन्दै यस्तो धारणा राखेकी हुन् ।

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुको जस अझैपनि नेकपा एमालेले नपाएको बताएकी छन् । 

 
शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष मनमोहन अधिकारीको २६ औँ स्मृति दिवसका अवसर आयोजित कार्यक्रममा बोल्दै उनले मनमोहन अधिकारी नेतृत्वको सरकार सफल रहेको भन्दै यस्तो धारणा राखेकी हुन् । 


उनले भनिन्,‘मनमोहन अधिकारी नेतृत्वमा गठित एमालेको सरकार सामाजिक न्याय,  सुशासन, पारदर्शीता र समावेशीताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको थियो । त्यस सरकारले अघि सारेका आफ्नो गाउँ आफंै बनाउ, जेष्ठ नागरिकहरुको लागि सम्मान स्वरुप वृद्धभत्ता जस्ता कार्यक्रमले राष्ट्र निमार्णमा  सफल भएको थियो । मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएका लोकप्रिय कार्यक्रमहरुको जस अझैपनि नेकपा एमालेले पाइरहेको छ भन्दा अतिसयुक्ति नहोला ।’ 


पूर्वराष्ट्रपति भण्डारीले जनताले अपेक्षा गरेको परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माणका लागि मनमोहन अधिकारीको जस्तो प्रगतिशील सोच, संकल्प र व्यवहार हुनुपर्ने बताइन् । 


‘मनमोहन अधिकारीको जस्तो प्रगतिशील सोच, संकल्प र व्यवहार भएका नेताबाट प्रेरणा लिई मुलुकको सामाजिक, आर्थिक रुपान्तरणका दिशामा हामी सबैले सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ । यसले एकातिर कम्युनिष्ट पार्टीले जनताको विश्वास जित्ने आधार तयार गर्छ भने अर्कातिर जनताले अपेक्षा गरेको परिवर्तनको अनुभूति गर्ने वातावरण निर्माण हुनेछ ।’ 


उनले मनमोहन स्मृति प्रतिष्ठानले मुलुकमा शिक्षाको विकास तथा सामाजिक क्रियाकलापका क्षेत्रमा निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको बताइन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार