सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा उल्लेखनीय परिवर्तन आएको छ : राष्ट्रपति
२०८२ बैशाख १३ शनिबार
- नेपाल रिपब्लिक मिडियाले शनिबार काठमाडौमा आयोजना गरेको १६ औं नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौं :राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केहि भएन भन्ने भाष्यलाई चिर्दै केहि भइरहेको छ भन्ने बाटोमा डोहोर्याउनुपर्ने बताएका छन् ।
नेपाल रिपब्लिक मिडियाले शनिबार काठमाडौमा आयोजना गरेको १६ औं नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘पत्रकारिता क्षेत्रको काम भनेको केही भएन मात्र भन्ने होइन, केही भइरहेको छ भन्ने देखाइदिने पनि हो । यसरी काम गर्न सकिन्छ भनेर उदाहरण दिने पनि हो । यो कार्यक्रम त्यसैतर्फ केन्द्रित रहेकोमा मलाई खुशी लागेको छ ।’
उनले वर्तमान समयमा लोकप्रियतावाद हावी भएको भन्दै प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा नहुने बताए । उनले भने, ‘वर्तमान समयमा लोकप्रियतावाद हावी भएको छ । प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा हुँदैन । त्यसैले सजग प्रेसले सदैव सही सत्य सूचना प्रवाह गर्छ र त्यसले लोकतन्त्रका नागरिकको आलोचनात्मक चेतलाई विस्तारित गर्न सक्छ ।’
राष्ट्रपति पौडेलले बिपी कोइरालाले आफू प्रधानमन्त्री भएका बेला त्यसबेलाका पत्रकारहरूलाई बोलाएर पत्रिका निकाल्न र सरकारकोनिरन्तर खबरदारी गर्न गरेको आग्रह स्मरण गर्दै लोकतन्त्रसँग स्वतन्त्र प्रेसको यही अन्योन्याश्रीत सम्बन्धका कारण बीपीले सो आग्रह गरेको बताए ।
उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको योगदानलाई कसैले कम आँक्न नसक्ने भन्दै लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत पर्वाह नगरी काम गरेको उल्लेख गरे ।
जसरी लोकतन्त्र विना स्वतन्त्र, निश्पक्ष र तटस्थ पत्रकारिता सम्भव छैन त्यसरी नै स्वतन्त्र प्रेस विना लोकतन्त्रको परिकल्पना पनि गर्न नसकिने राष्ट्रपति पौडेलको भनाई थियो ।
उनले सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा उल्लेखनीय परिवर्तन आएको उल्लेख गर्दै प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएका कारण नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको बताए ।
उनले प्रविधिको दूरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएको बताउनुभयो । कार्यक्रममा नन्दादेवी कुँवर, धनश्याम पाठक, पूजा महत्तोलाई नागरिक सम्ममन प्रदान गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’