सबै अधिकार सरकारमा केन्द्रित हुँदा निरङकुशत बढ्नसक्ने

२०८२ बैशाख १२ शुक्रबार
सारांश
  • शुक्रवार काठमाडौंमा आयोजित सूचनाको हक सम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सबै अधिकार सरकारमा केन्द्रित हुँदा निरङकुशत बढ्ने बताएका छन् । 


शुक्रवार काठमाडौंमा आयोजित सूचनाको हक सम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।  


‘पहिलो कुरा सबै अधिकार सरकारमा केन्द्रित भयो भने केहीपनि गर्न सकिदैन । दोस्रो कुरा, त्यो निरङकुसता हँुदै जान्छ । त्यसैले अनुगमन र कार्यान्वयन विषयहरुमा प्राथमिकता दिनुपर्छ,’ उनले भने । 


मन्त्री गुरुङले विभिन्न आयोगहरुको गठन गर्नु भनेको सरकारको कामलाई प्रभावकारी बनाउनको लागि भएको भन्दै सबैले आफ्नो ठाउँबाट काम गर्नेपर्ने बताए । 


उनले भने, ‘मानवअधिकार रक्षा गर्ने काम सरकारको हो । तर सरकार आफै भक्षक भैइदिन्छ कि भन्ने डर होला । सर्बसत्तासिन हुन्छ कि भन्ने होला । त्यसैले विभिन्न आयोगहरुको काम सरकारलाई प्रभावकारी बनाउने र संघीय लोकतन्त्र गणतन्त्र, समावेशी लोकतन्त्र त्यसलाई बलियो बनाउनको लागि बनाइएका संस्था हुन् । आफ्नो आफ्नो क्षेत्रमा काम गर्नुपर्छ ।’ 


उनले सुचनाको हकले सरकारले गरेको कामको पारदर्शिताको लागि काम गर्ने भन्दै यस सूचना आयोगको काम धेरै रहेको पनि बताए । उनले सुचनाको हक भनेर व्यवस्था गरेपनि त्यो पर्याप्त नभएको बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार