- शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई सरकारको तर्फबाट हार्दिक आह्वान गरेका हुन् ।
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरुसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट आह्वान गरेका छन् ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई सरकारको तर्फबाट हार्दिक आह्वान गरेका हुन् ।
यस्तै, उनले विद्यालय शिक्षा विधेयक निर्दिष्ट समयमा पारित गर्ने वातावरण सिर्जना गर्दै शिक्षकहरुको हकहित प्रवद्र्धन गर्न उपयुक्त निकास निकाल्न सदैव प्रयत्नशील रहेको बताए ।
उनले शिक्षक प्रतिनिधिहरुसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वभाविक रहेको भन्दै शिक्षकहरुको हकहित प्रवद्र्धन गर्न सदैव प्रयत्नशील रहेको बताए ।
विद्यालय शिक्षा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भई छलफलको प्रक्रियामा रहेकोमा उक्त विधेयकलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कमर्चारीबाट विभिन्न ध्यानाकर्षण कार्यक्रम सञ्चालन हुँदै आएको विषयप्रति ध्यानाकर्षण भएको पनि उनको भनाई छ ।
मन्त्री पन्तको प्रयासपछि शुक्रबार नै आन्दोलनरत शिक्षक महासंघ र मन्त्रालयबीच वार्ताको तयारी सुरु गरिएको छ । दुवै पक्षले वार्ता टोली बनाउने र शुक्रबार साँझसम्म वार्ता गर्ने बुझिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’