देशमा अशान्ति मच्चाउनेहरु सरकार परिवर्तनको हल्ला चलाइरहेका छन् : श्याम घिमिरे
२०८२ बैशाख १२ शुक्रबार
- शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दैनिक सरकार परिवर्तनको हल्ला चलाइरहेका र मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न गरिरहेको बताएका हुन् ।
काठमाडौं : कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिले देशमा अशान्ति मच्चाउने तत्वहरुले सरकारप्रति गलत किसिमको भाष्य निर्माण गरिरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दैनिक सरकार परिवर्तनको हल्ला चलाइरहेका र मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न गरिरहेको बताएका हुन् ।
उनले भने, ‘अहिले देशमा अशान्ति मच्चाउने तत्वहरुले एक किसिमको भाष्य निर्माण गर्दैछ । दैनिक सरकार परिवर्तनको हल्ला चलाइरहेका छन् । मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न हुँदैछ । विभिन्न वादीका नाममा देशमा अशान्ति मच्चाइ धमिलो पानीमा माछा मार्ने प्रयत्न पनि विभिन्न कोणबाट भइरहेको देखिन्छ । ’
साथै उनले संसदको भूमिका परिवर्तन नआएको हुँदा सांसदप्रति जनताको धारणा केन्द्रित हुन नसकेको बताए । उनले सांसदहरु विधि विधानको प्रक्रिया भन्दा विकासका कुरामा बढी केन्द्रित हुनु आवश्यक रहेको बताए ।
उनले भने, ‘नेपालको संविधानले परिकल्पना गरेको व्यवस्थापिकाको मुल काम भनेको सरकार निर्माण गर्ने, विधायन सम्बन्धि काम गर्ने, बजेट निर्माण गर्ने एवम् सरकारको नीति तथा कार्यक्रमलाई पारित गर्ने नै हो तर परम्परागत रुपमा चल्दै आएको विकासे कार्यकर्ताको रुपमा संसदको भूमिका परिवर्तन नआएको हुँदा सांसदप्रति जनताको धारणा संसदको मूल भूमिकामा केन्द्रित हुन सकेको अवस्था छैन । त्यसैले सांसदहरु विधि विधानको प्रक्रिया भन्दा विकासका कुरामा बढी केन्द्रित हुनु स्वभाविक हुन्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।