तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संस्था गुहारियो

२०८२ बैशाख १२ शुक्रबार
सारांश
  • शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दैै संस्थाका संयोजक नवराज सुवेदीले संयुक्त राष्ट्र संघ क्षेत्रीय मुख्यालय, जेनेभा, स्विट्जरल्याण्डका उच्चायुक्त भोल्कर टर्कलाई पत्र लेख्दै अनुसन्धानको माग गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा उच्चायुक्तलाई लेखिएको पत्र समेत पढेर सुनाइएको थियो ।

काठमाडौं : संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले चैत्र १५ गते तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था गुहारेको छ । 


शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दैै संस्थाका संयोजक नवराज सुवेदीले संयुक्त राष्ट्र संघ क्षेत्रीय मुख्यालय, जेनेभा, स्विट्जरल्याण्डका उच्चायुक्त भोल्कर टर्कलाई पत्र लेख्दै अनुसन्धानको माग गरिएको जानकारी दिए । पत्रकार सम्मेलनमा उच्चायुक्तलाई लेखिएको पत्र समेत पढेर सुनाइएको थियो ।


मानव अधिकार र जनताको लोकतान्त्रिक अधिकारको विपरीत, कार्यक्रम औपचारिक रूपमा सुरु हुनुभन्दा अगाडि नै सुरक्षा बलहरूले शान्तिपूर्ण कार्यक्रमलाई क्रूरतापूर्वक दमन गरिएको पत्रमा उल्लेख छ । 


निहत्था नागरिकहरू र शान्तिपूर्ण राजनीतिक भेलामा सुरक्षा बलहरूले गरेको असंगत र मनमानी बलको प्रयोग गरेको पत्रमा जनाइएको छ ।


‘नेपालमा विगतमा धेरै राजनीतिक प्रदर्शन, आन्दोलन, दंगा, राजनीतिक असहमति र राजनीतिक परिवर्तनहरू भएका छन्, तर तीनकुनेमा अत्यधिक बल र बन्दुकको प्रयोग अभूतपूर्व छ । आजसम्म कुनै पनि सरकारले विश्वव्यापी रूपमा स्थापित मानव अधिकारको घोर उल्लङ्घन र लोकतान्त्रिक अधिकारलाई कमजोर पार्ने हदसम्म पुगेको छैन,’पत्रमा उल्लेख छ ।


म मरेपनि आन्दोलन रोकिदैन् ः नवराज सुवेदी 
सोही क्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले तीनकुने घटनामा मानवता र प्रजातान्त्रिक अधिकारको अपमान भएकाले न्यायिक जाँच गर्नुपर्ने बताएका छन् ।


शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले बैशाख १५ गतेदेखि राप्रपाले आन्दोलनको घोषणा गरेकाले सो आन्दोलनमा आफूहरु समाहित हुने पनि बताए । 


‘१५ गते म अर्धमुर्छित अवस्थामा भएँ । घरमा गएपछि तीन दिनसम्म शारीरिक रुपमा कठिन भएको थियो । जुन दिन घटना घट्यो त्यही दिन डिएसपीको टोली घरको बेडमै पुगेर नजरबन्दमा पारेको हो । तर मलाई थुनेर मात्र होइन म मरेपनि राजतन्त्रका लागि लडिरहन्छु,’ उनले भने । 


उनले राजसंस्थाको स्थापना नभएसम्म, बहुदलीय प्रजातन्त्र स्थापना नभएसम्म, संघीयता खारेज नभएसम्म र हिन्दुराष्ट्र नभएसम्म आन्दोलन नरोकिने जिकिर गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार