सहकारी क्षेत्रलाई भ्रमित पार्न नराम्रा भाष्यहरु खडा गरिँदैछ : मन्त्री अधिकारी
२०८२ बैशाख १२ शुक्रबार
- नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि सहकारी विभागको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी राज्यको महत्वपूर्ण क्षेत्र मध्येको प्रमुख भएपनि सहकारी क्षेत्रका बारेमा भ्रमित पार्न नराम्रा भाष्य खडा गर्न खोजिएको बताएका हुन् ।
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा केही भ्रमहरु सिर्जना भइरहेको बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठनपछि सहकारी विभागको भूमिका विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी राज्यको महत्वपूर्ण क्षेत्र मध्येको प्रमुख भएपनि सहकारी क्षेत्रका बारेमा भ्रमित पार्न नराम्रा भाष्य खडा गर्न खोजिएको बताएका हुन् ।
उनले भने, ‘अहिले सहकारी क्षेत्रमा केही भ्रमहरु सिर्जना भइरहेको छ । भ्रमित पार्न त्यस्तो भाष्य खडा गर्न खोजिएको छ । सहकारी क्षेत्र अर्थतन्त्रको तीन खम्बाको एक खम्बा हो ।
आधारभूत तहमा आर्थिक उपार्जन गर्ने र व्यवसाय सञ्चालन गर्दै आर्थिक उन्नती गर्ने एउटा क्षेत्र हो । सहकारी क्षेत्र राज्यको महत्वपूर्ण क्षेत्र मध्येको प्रमुख क्षेत्र हो । यसलाई सबैले सकरात्मक पाटोबाट अगाडि बढाउने, प्रचार गर्ने र त्यसको सन्देश लाने गयौं भने कतिपय गलत गर्ने व्यक्तिहरु पनि हच्किने परिस्थती सिर्जना हुन्छ ।’
साथै उनले सहकारीमा बचतकर्तालाई बचत नगर्नुस् भन्ने जस्ता प्रचार गरिएका र त्यसलाई सबैले खबरदारी गर्न जरुरी रहेको बताए । उनले नेपालमा भएका ३१ हजार ४ सय सहकारी नै खराब छन् भन्ने भाष्य सिर्जना गरिएको बताए ।
उनले भने, ‘गलत गर्ने मान्छेहरुलाई हाइलाइट गर्यौं भने प्रोत्साहित हुन्छन् र अरु सहि काम गर्नेहरु निरुत्साहित हुन्छन् । सहकारी ३१ हजार ४ सय जति छन् । त्यसको तथ्यांक निकाल्दा कोही नविकरण नगरेका होलान् । तर त्यो मध्ये कतिले साच्चै गलत गरेका होलान् । त्यो हेर्दै जाने हो भने एक हजारको संख्या पनि पुग्दैन होला । तर ३१ हजार ४ सय नै खराब हुन भन्ने भाष्य सिर्जना गरिएको छ । बचतकर्तालाई बचत नगर्नुस् भन्ने जस्ता प्रचार गरिएका छन् । त्यसलाई सबैले खबरदारी गर्न जरुरी छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।