गठबन्धन सरकारको परिकल्पना र प्राथमिकता ओझेलमा परेको छ : पुष्पा भुसाल

२०८२ बैशाख ११ बिहिबार
सारांश
  • बिहीबार नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले संविधान कार्यान्वयनमा देखा परेका चुनौतिहरुलाई व्यवस्थापन गर्नको लागि सबै पार्टीहरु एक ठाउँमा खडा हुनुपर्ने बताएकी हुन् ।

काठमाडौं :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख पुष्पा भुसालले संविधान कार्यान्वयनमा धेरै चुनौतिहरु देखा परेको बताएकी छन् ।


बिहीबार नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले संविधान कार्यान्वयनमा देखा परेका  चुनौतिहरुलाई व्यवस्थापन गर्नको लागि सबै पार्टीहरु एक ठाउँमा खडा हुनुपर्ने बताएकी हुन् ।


उनले भनिन्, ‘संविधान कार्यान्वयनमा जुन चुनौतिहरु देखा परेका छन् त्यसलाई  व्यवस्थापन गर्न सबै पार्टीहरु एक ठाउँमा खडा हुनुपर्ने अवस्था छ । दुई ठूला पार्टीहरु मिलेर बनेको गठबन्धनको सरकारको जुन परिकल्पना र प्राथमिकता थियो त्यो ओझेलमा परेको छ । जनताका विषयवस्तु ओझेलमा परिरहेका छन् ।’


साथै उनले लोकतन्त्रले गर्दा आम नेपाली जनताहरुले जुन आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र परिवर्तन खोजेका हुन् त्यो केही हदसम्म पूरा भएको बताइन् । उनले अझैं पनि नयाँ पुस्ताले चाहे अनुसारको परिवर्तन देशमा प्राप्त गर्न नसकिएको बताइन् ।


उनले भनिन्, ‘आज हामी लोकतन्त्र दिवस मनाइरहदा लोकतन्त्रको उपलब्धिलाई एउटा राजनीतिक रुपान्तरणका रुपमा लिएका छौं । जसले मुलुकलाई एउटा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरायो । र अर्कोतिर द्न्द्लाई समाप्त गरेर शान्तितिर मुलुकलाई प्रवेश गरायो । यो हाम्रो उपलब्धि हो । संस्थागत गर्नका लागि संविधान पनि बन्यो, समावेशी प्रतिनिधित्व पनि भयो तर  आम नेपाली जनताहरुले जुन आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र परिवर्तन खोजेका हुन् त्यो केही हदसम्म मात्र उपलब्धि भएको छ । अहिलेका नयाँ पुस्ताले प्राप्त गर्नुपर्ने परिणामहरु प्राप्त गर्न सकेका छैनन् ।  पिछडिएका महिलाहरु जुन राजनीतिक, सांस्कृतिक, आर्थिक र सामाजिक उपलब्धिहरु हासिल गर्नुपर्नेमा केही चुनौतिहरु देखा परेको छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार