हाल प्राप्त अधिकारहरु सित्तैमा आएको होइन् : मन्त्री सिंह
२०८२ बैशाख ११ बिहिबार
- बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले धेरै लामो संघर्षपछि अधिकारहरु प्राप्त गरेकाले त्यसलाई सबैले सुरक्षित गर्ने जिम्मेवारी भएको बताएका हुन् ।
काठमाडौं : उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले जुन अधिकारहरु प्राप्त गरिराखेका छौं ति अधिकारहरु सित्तैमा नआएको बताएका छन् ।
बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले धेरै लामो संघर्षपछि अधिकारहरु प्राप्त गरेकाले त्यसलाई सबैले सुरक्षित गर्ने जिम्मेवारी भएको बताएका हुन् ।
उनले भने, ‘जुन अधिकारहरु हामी प्राप्त गरिराखेका छौं ति अधिकारहरु सित्तैमा आएको होइन । धेरै लामो संघर्षपछि यी अधिकारहरु प्राप्त गरेका छौं । प्राप्त अधिकारहरुलाई सुरक्षित गर्ने तपाईं हामीहरुको जिम्मेवारी हो । सबैले के बुझ्नुपर्यो भने जसरी अहिले हामी भेला भएका छौं त्यो अधिकार खोसियो भने के हुन्छ त्यो बुझ्न आवश्यक छ । अधिकारको कुरा पनि गरौं, सँगसँगै आफ्नो जिम्मेवारीमा पनि जोड दिनुपर्छ ।’
साथै उनले आम नेपाली जनतालाई सकारात्मक रुपमा प्रभाव पार्ने, कार्य गर्दाखेरि सजिलो हुने खालको प्रविधिलाई अगाडि बढाउन आवश्यक रहेको बताए ।
उनले राष्ट्रको आवश्यकता, समयको माग अनुसार र जनताले चाहे अनुसारको नीतिहरु अगाडि बढाउँदा सबैलाई राम्रो हुने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’