अधिकार विकेन्द्रीकरण नगर्दा जनतामा असन्तुष्टि बढ्यो : डा.शशांक

२०८२ बैशाख ११ बिहिबार
सारांश
  • बिहीबार लोकतन्त्र दिवसका अवसरमा डा.कोइरालाले आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा नेपाल न्यूज बैंकसँग अलग्गै कुराकानी गर्दै उनले नेताहरुकै कारण समस्या बढिरहेको औंल्याए ।

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले हाल केन्द्रकृत शासन भइरहेकाले असन्तुष्टि बढेको र देश विकास हुन नसकेको बताएका छन् । 


बिहीबार लोकतन्त्र दिवसका अवसरमा डा.कोइरालाले आफ्नै निवासमा आयोजना गरेको चियापान कार्यक्रममा नेपाल न्यूज बैंकसँग अलग्गै कुराकानी गर्दै उनले नेताहरुकै कारण समस्या बढिरहेको औंल्याए । उनले केन्द्रमा रहेको पावर तल्लो तहसम्म दिन नचाहेको कारण वा केन्द्रकृत शासन रहेकै समस्या बढेको बताए । उनले वडा–वडासम्म बजेट र अधिकार विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । 


उनले भने,‘अहिले हामीले संविधान पाएको छौं । दश वर्ष भइसक्यो यसलाई समिक्षा गरेर के के परिवर्तन गर्ने हो गर्नुपर्छ । वडासम्म अधिकार विकेन्द्रीकरण गर्नुपर्छ । सबै केन्द्रीकृत अधिकार भयो भने त केन्द्रको त राजा शासन भइहाल्यो नि । त्यसैले साच्चिकै जनताको अधिकार जनतामा दिने हो भने विकेन्द्रीकरण गरेर गाउँसम्म पुर्याउन जरुरी छ । नेताहरुको दिमागमा अझैपनि केन्द्रकृत छन् । उनीहरु चाहदैनन् आफ्नो पावर दिनलाई । उनीहरु कुरा बुझ्दैनन् । बजेट पनि मध्यम वर्गलाई पनि छुने किसिमको छैन् । केन्द्रकृत शासनमा कसरी देश विकास हुन्छ ?’


त्यस्तै उनले संघ, प्रदेशमा केन्द्रले कुनैपनि किसिमको हस्पक्षेप गर्न नमिल्ने धारणा राखे । लोकतन्त्रको सफल कार्यान्वयनको ठूलो जिम्मेवारी थपिएको भन्दै दुईवटा ठूला दलले मिलेर नेतृत्व गरिरहँदा पनि कार्यान्वयन गरेन भने प्रश्न चिन्ह् खडा हुने उनको भनाइ छ । 


उनले भने,‘हामी विकेन्द्रीकरणमा गएका छौं । हाम्रो सातवटा प्रदेश छन् । सबैको आफ्नो आफ्नो अधिकार छ । उनीहरुको आफ्नै बजेट  हुन्छ । उनीहरुको आफ्नै कार्यक्रम हुन्छ , आफ्नै संगठन हुन्छ तर हस्तक्षेप केन्द्रबाट गर्नुहुन्छ । अनि कसरी विकास हुन्छ । अर्को कुरा लोकतन्त्र त आयो यसको सफल कार्यान्वयनको पक्षमा काँधमा ठूलो जिम्मेवारी छ । दुईवटा ठूला दलले नेतृत्व गरिरहेको छन् । यसले पनि गरेन भने त प्रश्न चिन्ह आउँछ नि ।’
 

उनले आउने पुस्तालाई संघीय, लोकतन्त्र भनेको के भन्ने विषयमा प्रशिक्षण दिनुपर्ने बताउँदै उनीहरु प्रशिक्षित भए भने भविष्यमा यसले निरन्तरता पाउने धारणा राखे ।


डा.शशांकको चियापानमा अर्थपूर्ण सहभागिता
काठमाडौं । लोकतन्त्र दिवसका अवसरमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शंशाक कोइरालाले महाराजगंजस्थित आफ्नै निवासमा चियापान आयोजना गरेका छन् । 


नेपाली कांग्रेसको १५ औं महाधिवेशनको चहलपहल सुरु भइरहेको अवस्थामा डा.कोइरालाको चियापानलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 


डा.शशांकको चियापानामा नेता कृष्ण सिटौंला, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, विमलेन्द्र निधि, महेश आचार्य, पुष्पा भुसाल, दिपक खड्का, एनपी साउदलगायतका नेताहरु उपस्थित भएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार