सामाजिक सञ्जालमा गालि गरेर स्टन्ड गरेर मात्र देश बन्दैन : उपमेयर डंगोल
२०८२ बैशाख ११ बिहिबार
- बिहीबार लोकतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै उनले मेयर बालेन शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अरुलाई गालि गरेर स्टन्ड गरेर मात्र देश नबन्ने भन्दै इमान्दारितापूर्वक काम गर्नु पर्ने बताईन् ।
काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामाजिक सञ्जालमा स्टन्ड गर्दैमा देश नबन्ने बताएकी छिन् ।
बिहीबार लोकतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै उनले मेयर बालेन शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अरुलाई गालि गरेर स्टन्ड गरेर मात्र देश नबन्ने भन्दै इमान्दारितापूर्वक काम गर्नु पर्ने बताईन् ।
उनले भनिन्, ‘अहिले हामीले देख्छौं । धेरै जनाले स्टन्ड गर्नुहुन्छ । बोल्नुहुन्छ । पपुलर बन्नुहुन्छ । पपुलिष्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ । अरुलाई गालि गरेरनै देश बन्छ जस्तो पनि लाग्छ । तर स्टन्ड गरेर देश बन्दैन । देश बनाउने हो भने काममा इमान्दारिता हुनुपर्छ । त्यसैले हामी स्टन्ड गर्ने युवा हैनौं । काम गर्ने युवा बनौं, हामी अराजक युवा हैनौं ।’
त्यस्तै, उनले संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहेको कारण त्यसले धेरैलाई पोलेर आफूमाथि आक्रमण भएको बताईन् । त्यस्तै उनले प्रधानमन्त्री केपी ओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरु खेप्नुपरेको बताइन् ।
उनले भनिन्, ‘मैले गरेको काम देश र सहरभित्र मात्रै होइन, अन्तराष्ट्रिय रुपमा पनि काठमाडौंमा गरेको राम्रो कामको अनुभव साट्नको लागि निमन्त्रण गर्नुभयो । संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहे, त्यसले पनि धेरैलाई पोल्यो । कुनै आधारविहिन लेख्नलाई पनि छेकेन जथाभावी बोल्न र कमेन्ट गर्नका लागि छेकेर जथाभावी आक्रमण निरन्तर गरिरहे ती आक्रमण गर्ने व्यक्तिहरु राष्ट्रविरोधी हुन् अहिले पनि ती तत्वहरु सल्बलाइरहेका छन् । यो म मा मात्र सिमित छैन् । प्रधानमन्त्री केपी ओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरु खेप्नुपरेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’