देशमा आन्दोलन चर्किएको छ, ओली बाँसुरी बजाएर बस्नुभएको छः भुसाल
९ बैसाख, २०८२, मंगलवार
- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सत्तामा रहेका दलहरु काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् ।
काठमाडौँ, ०९ वैशाख । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सत्तामा रहेका दलहरु काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् ।
एकीकृत समाजवादीको ७६ औँ स्थापना दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा माओवादी केन्द्रसम्मको आलोचना गरेका हुन् ।
उनले भने, ‘यत्रो आन्दोलन चलिरहेको छ । निरो बाँसुरी बजाएर बस्नु भएको छ, कमरेड ओली । बैशाख ११ गते आइलभयू केपी बा भन्ने रे ! कमरेड केपी हाम्रो हिसाब देऊ, लोकतन्त्रमा यो तहको आक्रमण गरेको हिसाब देऊ भन्नुपर्ने हो र,’उनले थपे, ‘सारा संकटले देश डुब्दैछ । उनलाई नाम चाहिएको छ । एक लाख मान्छे जम्मा भएर ‘केपी बा’ भनिदिउन भन्ने अपेक्षा गर्नुभएको छ । त्यो तहमा पुग्ने नेताका लागि, यो तहको आकांक्षा हुनु देशको दुर्भाग्य होइन ?’
साथै उनले शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको बताए । उनले देशमा उकुसमुकुस निराशाको अवस्था रहेको र त्यही मौकामा पुनरुत्थानवादी र अराजक तत्वहरूले टाउको उठाउन खोजेको भन्दै आलोचना गरे ।
देशमा निराशा बढ्योः झलनाथ खनाल
यसैगरी नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले देश समाजवादी दिशातर्फ रुपान्तरण नहुँदा जनताहरुमा निराशा बढेको बताए । उनले अहिले देशमा विभिन्न वर्ग र तहका जनताहरुमा असन्तुष्टि बढिरहेको बताए । उनले भने, ‘यो देशमा जुन रुपान्तरण गर्नुपथ्र्यो त्यो भएको छैन । नयाँ ढंगले देशको स्थिति विश्लेषण हुनुपर्ने हो । नयाँ नीति, नियम निर्माण गर्नुपर्ने हो । विस्तारै यो देशलाई समाजवादी दिशातर्फ रुपान्तरण गर्नुपर्ने थियो तर त्यो कुराहरु केही पनि हुन सकेको छैन । जसका कारण जनताहरुमा निराशा बढेको छ, आक्रोश बढेको छ । र जनता विभिन्न आन्दोलनमा उत्रिन थालेका छन् । शिक्षकहरु आन्दोलनमा छन् । विभिन्न वर्गका जनताहरु अहिले आन्दोलनमा छन् । यो आन्दोलनको दायरा प्रत्येक दिन बढिरहेको छ । विभिन्न वर्ग, तह असन्तुष्ट भएका छन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।