घरजग्गा व्यवसायप्रति हाम्रो गलत धारणा छः मन्त्री अधिकारी
९ बैसाख, २०८२, मंगलवार
- उनले भने,‘अहिले साच्चै घरजग्गा व्यवसाय गर्ने तथा घरजग्गा आवास व्यवसाय गर्ने निकायहरुले देश र जनताको निम्ति राम्रो काम गर्छन् भन्ने सन्देश अझै छर्न सकिएको छैन् ।
काठमाडौँ, ०९ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घर जग्गा व्यवसायप्रति आम जनताको नकरात्मक बुझाई रहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेका बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले घरजग्गा व्यवसाय गर्नेहरुले जनताको लागि नभएर आफ्नो फाइदाको लागि मात्र गरेको हुन् भन्ने धारणा रहेको बताउँदै यसलाई चिर्न जरुरी रहेको बताएका हुन् ।
उनले भने,‘अहिले साच्चै घरजग्गा व्यवसाय गर्ने तथा घरजग्गा आवास व्यवसाय गर्ने निकायहरुले देश र जनताको निम्ति राम्रो काम गर्छन् भन्ने सन्देश अझै छर्न सकिएको छैन् । बुझाई के छ भने घरजग्गा व्यवसाय गर्नेहरुले आफ्नो फाइदाको लागि मात्र गरेको हुन् हाम्रो निम्ति गरेको होइनन् भन्ने धारणा छ । यसलाई चिर्न जरुरी छ ।’
त्यस्तै उनले महासंघले आफ्नो उद्देश्य, लक्ष्य, नीति, विधि र कानुन अनुसार अगाडि बढेर गर्ने कार्यहरुमा भएका भ्रमलाई चिर्ने कुरामा पहिलो प्राथमिकता दिएर लाग्नुपर्ने बताए । जबसम्म भ्रमलाई चिरेर अगाडि बढ्न सकिँदैन् तबसम्म व्यवसाय फस्टाउन पनि नसक्ने उनको भनाइ छ ।
उनले भने,‘महासंघले हाम्रो उद्देश्य, लक्ष्य, नीति, विधि र कानुनअनुसार अगाडि बढेर गर्ने कार्यहरुमा कहिँकतै भ्रम छ भने त्यसलाई चिर्ने कुरामा तपाईहामी पहिलो प्राथमिकता दिएर लाग्नुपर्छ । किनकी जबसम्म यसलाई चिरेर अगाडि बढ्न सकिँदैन् तबसम्म व्यवसाय फस्टाउन पनि सक्दैन् ,सहज किसिमले लैजान पनि सक्दैनौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’