संस्थागत विद्यालय पठनपाठनमा व्यस्त, सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा मस्त
- संस्थागत विद्यालयमा पढ्ने जाने विद्यार्थी र बच्चालाई पु¥याउन जाने अभिभावकको भीडभाड छ तर सामुदायिक विद्यालय गेटदेखि नै सुनसान छ । कुनै चहलपहल छैन । मौनता अनि शून्यता मात्रै छ ।
रामेछाप : नजिकैका संस्थागत विद्यालयमा पढ्ने विद्यार्थी झोला बोकेर स्कुल जाँदै गर्दा रामेछापको सबैभन्दा धेरै विद्यार्थी भएको मन्थली माध्यमिक विद्यालयको गेट बन्द छ ।
संस्थागत विद्यालयमा पढ्ने जाने विद्यार्थी र बच्चालाई पु¥याउन जाने अभिभावकको भीडभाड छ तर सामुदायिक विद्यालय गेटदेखि नै सुनसान छ । कुनै चहलपहल छैन । मौनता अनि शून्यता मात्रै छ ।
नेपाल शिक्षक महासंघको आह्वानमा विद्यालयका शिक्षक–कर्मचारीहरू विद्यालय नै बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा गएपछि मन्थली मावि मात्र होइन रामेछाप र देशभरिकै सबै सामूदायिक विद्यालय अहिले बन्द छन् । विद्यालय बन्द हुँदा नयाँ शैक्षिक सत्रको कुनैपनि गतिविधि सुरु हुन सकेको छैन् ।
नयाँ वर्ष लागेसँगै नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु हुनुपर्ने हो । विद्यार्थी भर्न गर्नको लागि अभिभावकलाई सम्झाउनु पर्ने शिक्षकहरू यतिबेला आफ्ना सेवा सुविधाको विषयलाई लिएर सरकारलाई सम्झाउन काठमाडौं केन्द्रित आन्दोलनमा छन् । जसले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना लगायतका कुनै गतिविधि हुन सकेका छैनन् ।
शैक्षिक क्यालेण्डर अनुसार बैशाख ७ गतेबाट त पठन पाठन नै सुरु हुनु पर्ने हो तर आन्दोलनमा गएका शिक्षकहरू कहिले विद्यालय फर्कने हुन् ठेगान छैन । संस्थागत विद्यालयमा धमाधम पढाइ सुरु हुँदा पनि विद्यालय नै नखुलेपछि सामुदायिक विद्यालयका विद्यार्थी र अभिभाव अन्यौलमा परेका छन् ।
आर्थिक हैसियत राम्रै भएका अभिभावकले छोराछोरीलाई संस्थागत विद्यालयमा पठाउन सुरु गरेका छन् । आर्थिक रूपमा कमजोर अभिभावक र विद्यार्थीलाई भने शिक्षक कहिले फर्कने हुन् भनेर पर्खनुको विकल्प छैन ।
कक्षा १० सम्मको नयाँ शैक्षिक सत्र सञ्चालनको कुरा मात्र होइन शिक्षक आन्दोलनको कारण ११ र १२ कक्षा समेत प्रभावित भएका छन् । शिक्षक आन्दोलन जारी रहेको अवस्थामा यही बैशाख ११ गतेबाट हुने भनिएको कक्षा १२ परीक्षा हुने कि नहुने भन्ने अन्यौलता छाएको छ ।
अझ कक्षा ११ का परीक्षाको मुखमा पुगेको विद्यार्थीहरूको पढाइ रोकिएको छ । जेठ महिनामा हुने ११ कक्षाको परीक्षाको तयारीमा रहेका विद्यार्थीको पढाइ रोकिँदा विद्यार्थीहरू तनावमा परेका छन् ।
‘सरहरू आन्दोलन गर्न काठमाडौं जानुभएको छ, जेठमा परीक्षा हुने भनेको छ, हाम्रो त कोर्स पनि सकिएको छैन, सरहरू कहिले फर्कने र कक्षा सुरु हुने हो ठेगान छैन्’, मन्थली माविमा ११ कक्षामा पढ्ने एण्ड्रिसा घिमिरेले बताइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।