जनताका कुरा सुनाउन निषेधित क्षेत्र गएका हौं : राजेन्द्र लिङ्देन
२०८२ वैशाख ७ आइतबार
- आइतबार सिंहरबारमा गरेको प्रदर्शनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार नागरिकको बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको बताए ।
काठमाडौं : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार जनताबाट झन–झन टाढा हुँदै गएका कारण नजिकै गएर जनताका कुरा सुनाउने उद्देश्यले निषेधित क्षेत्रमा प्रवेश गरेको बताएका छन् ।
आइतबार सिंहरबारमा गरेको प्रदर्शनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार नागरिकको बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको बताए ।
उनले भने, ‘सरकारले मानिसको बोल्न पाउने, लेख्न पाउने प्रदर्शन गर्न पाउने अधिकारलाई खुम्च्याउँदै लगेको छ । जनताबाट सरकार झन झन टाढा हुँदै जाने अवस्था सृजना भएको छ । त्यसैले सरकारको नजिकै गएर प्रदर्शन गरेर सुनाउन भनेर निषेधित क्षेत्रमा कार्यक्रम गरेको हौं । सरकारले सुन्नुपर्छ । प्रदर्शनमार्फत देश दुनियाँले सुन्छ, नागरिकअधिकारवादी संघ संस्थाहरुले सुन्छ ।’
त्यस्तै उनले लोकतन्त्र र गणतन्त्रको नाममा निरङकुशता भएको टिप्पणी गरे ।
त्यसैगरी सांसद ज्ञानेन्द ्रशाहीले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ लेखेको अध्यक्ष लिङ्देनको तस्विरसहितको टोपी लगाएर प्रदर्शन जनाइरहेका थिए ।
पत्रकारहरुले टोपी कहिले खोल्नुहुन्छ भन्दै प्रश्न गरेपछि उनले भने,‘पहिला भ्रष्टाचार गर्न छाडुन् अनि टोपी फुकालौला । भ्रष्टाचार गरेर खानेहरुको लागि यो बिषको रुपमा प्रयोग गरिएको हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।