खुस्बु ओलीले भन्छिन् : दलालतन्त्र र दलतन्त्रको विरुद्ध सडकमा छौं
२०८२ वैशाख ७ आइतबार
- आइतवार काठमाडौमा भएको प्रदर्शनका क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्रमा सरकारले जनताको बोल्ने अधिकारलाई निषेध गरिराखेको भन्दै प्रदर्शन त्यसका विरुद्ध भएको बताइन् ।
काठमाडौं : मोडल तथा अभिनेत्री एवम राप्रपाकी नेतृ खुस्बु ओलीले सरकार विरुद्ध बोलेकै भरमा जेल हाल्नु भनेको दासत्व भएको बताएकी छन् । राज्य विरुद्धको अपराध लगाउने काम स्वीकार्न नसकिने उनको जिकिर छ ।
आइतवार काठमाडौमा भएको प्रदर्शनका क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्रमा सरकारले जनताको बोल्ने अधिकारलाई निषेध गरिराखेको भन्दै प्रदर्शन त्यसका विरुद्ध भएको बताइन् ।
उनले भनिन्,‘सरकारले जनताको बोल्ने अधिकारलाई निषेध गरिरहेको छ । सोच्ने, लेख्ने, हिडड्ुल गर्न निषेध गरिरहेको छ । त्यो लोकतान्त्रिक अभ्यास होइन भनेर राप्रपाले जनताले आफ्नो अधिकार आफ्नो भूमिमा चाहे अनुसार प्रयोग गर्न पाउनुपर्छ भनेर सडक रोजेको हो । लोकतन्त्रमा बोलेकै भरमा जेल हालेर राज्य विरुद्धको अपराध लाउने भनेको दासत्व मात्र हो । त्यसैले हाम्रा नेताहरुलाई छाड्नुपर्छ ।’
उनले देशमा गणतन्त्र नभई दलतन्त्र हाबी भएको भन्दै तीन शिर्ष नेताहरु देश विकासका लागि एकसाथ नहुने बताइन् ।
‘यो लडाई राप्रपाको मात्र होइन । जनताको समस्या समाधानको लागि हो । केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेर बहादुर देउवाले भने अनुसार मात्र हुन्छ । त्यसैले यहाँ गणतन्त्र नभइ दलतन्त्र हाबी भएको छ ।’
उनले दलालतन्त्र र दलतन्त्रको विरुद्धमा आवाज उठाउँदा तीन दलका नेता एकठाउँमा आएको र कुलमान घिसिङ हटाउँदा र काण्डमा भाग भण्डा मिलाउन मात्र एकसाथ हुने गरेको बताइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।