राप्रपाको प्रदर्शन विजुलीबजार केन्द्रित, सांसदहरु सिंहदरबारमा
२०८२ वैशाख ७ आइतबार
- प्रदर्शन बिजुलीबजार–बानेश्वर क्षेत्र केन्द्रित भएको छ । निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिसहित प्रदर्शन उत्रिएको राप्रपाले रणनीति परिवर्तन गरेको हो ।
काठमाडौं : काठमाडौँका निधेषधित क्षेत्रकेन्द्रित प्रदर्शन गर्ने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजुलीबजार केन्द्रित भएको छ ।
प्रदर्शन बिजुलीबजार–बानेश्वर क्षेत्र केन्द्रित भएको छ । निषेधित क्षेत्र तोड्ने र गिरफ्तारी दिने रणनीतिसहित प्रदर्शन उत्रिएको राप्रपाले रणनीति परिवर्तन गरेको हो ।
ठूलो प्रदर्शन नगरी विभिन्न ठाउँमा तोकिएको निषेधित क्षेत्र तोड्ने रणनीतिमा राप्रपा रहेपनि हाल विजुलीबजार केन्द्रित भएको छ । तर राप्रपाका सांसदहरु भने सिंहदरबारभित्रै प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।
यता ट्राफिक प्रहरीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने भएपछि सवारी डाइभर्सन गरेको छ ।
माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरी चलाइएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायतका स्थानबाट डाईभर्सन गरिएको हो ।
गत चैत १५ गतेको हिंसात्मक घटनामा संलग्न भइ पक्राउ परेका नेताहरुको रिहाइका लागि राप्रपाले आजको प्रदर्शन आयोजना गरेको बताएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’