पूर्वराजाको पक्षमा हुने प्रदर्शनलाई प्रचण्डले दिए अपराधको संज्ञा

२०८२ वैशाख ७ आइतबार
सारांश
  • आइतबार विराटनगरमा (हाम्रोमत दैनिक)को वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तानासाहका पक्षमा नियोजित ढङ्गले हुने समाज विरोधी कार्यलाई आन्दोलन भन्न नमिल्ने र त्यो अपराध हुने बताएका हुन् ।

विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीको आन्दोलनलाई अपराधको संज्ञा दिएका छन् । 


आइतबार विराटनगरमा (हाम्रोमत दैनिक)को वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तानासाहका पक्षमा नियोजित ढङ्गले हुने समाज विरोधी कार्यलाई आन्दोलन भन्न नमिल्ने र त्यो अपराध हुने बताएका हुन् । 


अध्यक्ष प्रचण्डले ठुला दलहरूप्रति जनतामा घृणा नभएको उल्लेख गर्दै त्यसको तथ्य पछिल्ला स्ववियू निर्वाचनदेखि पछिल्ला जुनसुकै निर्वाचनमा आएको परिणामले नै गणतन्त्रवादी शक्तिको पछाडि जनता रहेको स्पष्ट पारेका छन् । 


अध्यक्ष प्रचण्डले संविधानमा समीक्षा गर्ने आवश्यक वेला आएको बताउँदै नयाँ सांस्कृतिक क्रान्तिको आवश्यकता जानुपर्नेमा जोड दिएका छन् ।


कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्री केदार कार्की, भौतिक पूर्वाधार विकाश मन्त्री भूपेन्द्र राई लगायतले मन्तव्वय राखेका थिए । 


कार्यक्रममा बोलेका उद्योगी व्यवसायीहरूले भने अवका मञ्चहरू राजनीतिक भाषणमा मात्रै केन्द्रित नभई आर्थिक विकासको पक्षमा पनि केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार