- प्रेस चौतारी नेपाल रामेछापको नवौँ साधारण सभालाई मन्थलीमा सम्बोधन गर्दै सिवाकोटीले सामाजिक सञ्जालमा आएका कुराले मानिसलाई दिग्भ्रमित बनाउने काम गरिएको बताए ।
रामेछाप : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सामाजिक सञ्जालले समाजलाई बहकाएको बताएका छन् ।
प्रेस चौतारी नेपाल रामेछापको नवौँ साधारण सभालाई मन्थलीमा सम्बोधन गर्दै सिवाकोटीले सामाजिक सञ्जालमा आएका कुराले मानिसलाई दिग्भ्रमित बनाउने काम गरिएको बताए ।
समाजलाई भ्रमित बनाउने कुरालाई निरुत्साहित गर्नुपर्ने उनको धारणा छ । ‘सामाजिक सञ्जालमा आएका सबै कुरा सत्य हुन् भन्ने कुरा नागरिकले पत्याइ रहेका छन्, सामाजिक सञ्जालमा आएको सबै कुरा सत्य होइन, यो कुरा नागरिकलाई बुझाउन आवश्यक छ, यो भ्रमबाट नागरिकलाई मुक्त बनाउनुपर्छ’, उनले भने ।
सामाजिक सञ्जालमा आएका धेरै कुराहरू राजनीति दलका विरुद्धमा आइरहेका बताउँदै उनले त्यसलाई चिर्न आवश्यक रहेको बताए । ‘आज देशमा निराशाको व्यापार भइरहेको छ, असन्तुष्टिको जगमा असन्तुष्टिलाई देखाएर व्यवस्था विरोधीहरू निराशाको व्यापार गर्न लागेका छन्’, उनले भने ।
निराशाको व्यापार गर्नेलाई जतिधेरै मसला दियो त्यति नै देश र व्यवस्था जोखिममा पर्ने उनले बताए । अहिले नागरिकमा आशा जगाउन राजनीतिक दल बिचको सम्बन्धलाई, पत्रकार र राजनीतिक दल बिचको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा उनले जोड दिए ।
युनियनकी जिल्ला अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका महासचिव दिलीप पौडेल, नेपाली कांग्रेस रामेछापका पूर्वसभाति रामचन्द्र खड्का, रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपाने, मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का लगायतले साधारण सभा सफलताको शुभकामना दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।