सबैभन्दा उत्कृष्ट आर्थिक व्यवस्था भनेको पूँजीवादी व्यवस्था हो : गगन थापा
२०८२ वैशाख ५ शुक्रबार
- शुक्रवार नयाँ वर्ष २०८२ को शुभकामना तथा क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले पूँजीवादी आर्थिक व्यवस्था भित्र नाफा हुने भन्दै पूँजीवादी व्यवस्था उत्कृष्ट रहेको बताएका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रलाई अगाडि बढाउन सबैभन्दा उत्कृष्ट पूँजीवादी व्यवस्था रहेको बताएका छन् ।
शुक्रवार नयाँ वर्ष २०८२ को शुभकामना तथा क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले पूँजीवादी आर्थिक व्यवस्था भित्र नाफा हुने भन्दै पूँजीवादी व्यवस्था उत्कृष्ट रहेको बताएका हुन् ।
उनले भने,‘मानव समाजलाई अगाडि बढाउने सन्दर्भमा राजनीतिक प्रणालीका हिसावले सबैभन्दा उत्कृष्ट प्रणाली लोकतन्त्र प्रणाली हो । अर्थतन्त्रलाई अगाडि बढाउने हिसावमा सबैभन्दा उत्कृष्ट आर्थिक व्यवस्था भनेको पूँजीवादी आर्थिक व्यवस्था नै हो । त्यो पूँजीवादी आर्थिक व्यवस्था भित्र नाफा हुन्छ । नाफा कसरी कमाउने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो ।’
उनले निजि क्षेत्रलाइ प्रोत्साहन गर्नुपर्ने भन्दै निजी क्षेत्रलाई सबैले मद्दत गर्नुपर्ने बताए ।
‘निजी क्षेत्र र विचौलिया फरक कुरा हो । हामीले निजि क्षेत्रलाइ प्रोत्साहन गर्ने, मद्दत गर्ने र विचौलियाको प्रवृतिलाई निरुत्साह गर्ने हो । पूँजीवादी अर्थ व्यवस्था भित्र विचौलियाको ठाउँ हुदैन,’ उनले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।