युटिलिटी करिडोरको अवधारणामा जानुपर्नेमा मन्त्रीको सिंहको जोड

२०८२ वैशाख ५ शुक्रबार
सारांश
  • पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ–पुल्चोक सडक खण्डको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले युटिलिटी करिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने बताए ।


चितवन : उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युटिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् । 


पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ–पुल्चोक सडक खण्डको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले युटिलिटी करिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने बताए ।


सडक बनेलगत्तै ढल, खानेपानीको पाइप, फाइबर विछ्याउनका लागि भत्काइहाल्ने प्रवृत्ति रोक्नका लागि पनि युटिलिटी करिडोरको अवधारणामा जानुपर्नेमा सिंहको जोड छ ।


उनले भने, ‘खासकुरा शहरकोबिचमा बाटो बनाउँदा युटिलिटी करिडोरको अवधारणालाई अब हामीले अगाडि बढाउनुपर्छ । सडक बन्छ लगत्तै ढल, पाइपलाइन,फाइबर बिछ्याउन भत्काइन्छ । जसले गर्दा जनतामा बाटो बनेपनि भत्किहाल्छ भन्ने परेको छ । यसलाई रोक्न युटिलिटी करिडोरमा अब ध्यान दिनैपर्छ ।’


त्यस्तै, उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणतफजोड दिइरहेको बताए । 
उनले भने, ‘राम्रो काम होस् भन्ने जनताको चाहना छ । त्यसका लागि समय लाग्छ । धेरै कुरा गर्नुभन्दा काम गरेरै देखाउनुछ । डेलिभरी हुनुपर्याे भन्ने आम जनताको चाहना छ । डेलिभरी बिस्तारै हुँदैछ ।’


उनले संघीयताको भावना संघ, प्रदेश र स्थानीय सरकार मिलेर नै विकास निर्माणको काम गर्ने रहेको बताए । 


जनताले चाहेको आयोजना तीन तहको सरकारको संयोजनमा अघि बढाउँदा सफल हुनेरहेछ भन्ने उदाहरण पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ– पुल्चोक सडक खण्ड बनेको पनि सिंहले प्रष्ट पारे । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार