'देश खत्तम छ' भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा
४ बैसाख, २०८२, बिहिवार
- जहिले पनि असहज परिस्थिती बनाई राख्ने, देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको छ ।
काठमाडौँ, ०४ वैशाख । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ‘देश खत्तम छ’भन्ने किसिमको विचारको विकास राजनीतिज्ञहरुबाटै भएको बताएकी छन् ।
विहीबार काठमाडौंमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ जहाँ हर पालिकाले सुनाउँछ आफ्नै कथा... ’पुस्तक लोकार्पण समारोह तथा सम्मान कार्यक्रममा उनले देशमा जहिले पनि असहज परिस्थिति बनाई राख्ने, जहिले पनि देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको भन्दै यसमा राजनीति गर्ने मान्छेहरुको नै दोष रहेको बताइन् ।
उनले भनिन्, ‘हाम्रो देशमा किन संघर्ष नै संघर्ष हुन्छ, कहिले सडक आन्दोलन, कहिले धर्ना, किन हामी यसमा समय खर्च गरिरहेका छौं । किन हामी सकरात्मक काममा समय खर्च गर्दैनौ । यो एउटा ठूलो प्रश्न छ । हामी राजनीति गर्ने मान्छेहरु नै यसको दोषि हौं कि जस्तो लाग्छ । जहिले पनि असहज परिस्थिती बनाई राख्ने, देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको छ । यसमा राजनीति गर्ने मान्छेहरुको नै दोष हो कि भन्ने जस्तो लाग्छ ।’
यस्तै, उनले देशमा केही पनि भएको छैन्, देश खत्तम भयो भन्ने खालको भाष्य निर्माण गर्न खोजिएको भन्दै यसका पछि नलाग्न सबैलाई आग्रह गरेकी छन् ।
यसको साथै, किताबमा छोटो रुपमा एकदमै चासोलाग्ने विषयहरु रहेको भन्दै लेखकले अहिलेको पुस्तालाई लक्षित गरेर एक एक पेजको बुझ्ने भाषामा किताब लेखेको बताइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।