शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक दलहरुकै कारण ढिलाइ भयो : ओली
२०८२ वैशाख ४ बिहिवार
- नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले आयोगहरुमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया अघि बढेपनि राजनीतिक दलहरुकै कारण ढिलाई भइरहेको बताए ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोग(टीआरसी)मा पदाधिकारी नियुक्ति प्रक्रियामा सरकारले काम गरिरहेको बताएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले आयोगहरुमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया अघि बढेपनि राजनीतिक दलहरुकै कारण ढिलाई भइरहेको बताए ।
उनले भने, ‘नेकपा एमालेले एकल सरकार बनाएर ऐतिहासिक कामहरु गरिसकेको छ । ति ऐतिहासिक कामहरुबाट ग्रसित अस्तित्व संकटमा परेको महशुस गर्दै एमालेलाई त्यसबेला सरबारबाट विस्थापित गरिएको थियो । तर आज हामी शान्ति स्थापनाको अन्तिमतिर सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन जस्ता आयोगहरुमा पदधिकारी नियुक्ती गरेर काम अगाडि बढाउने प्रक्रियामा छौं । यसमा ढिलाइ भनेको द्न्दपीतितहरुको कारणले होइन् । राजनीतिक कारणले नै ढिलाई भएको छ । अब ढिलाई नगर्ने प्रयास जारी राखेका छौं । पीडितहरुको पीडा हामीले बुझेका छौं । जेल–नेल भोगेर आएकाले पीडा कस्तो हुन्छ हामीलाई थाहा छ ।’
साथै उनले शान्ति प्रक्रियालाई अन्तिम रुप दिँदा द्न्द्पीडितहरु सबैलाई न्याय दिने अहिलेको आयोगहरुको उदेश्य रहेको बताए । उनले आयोगमार्फत काम गरेर पीडितहरुलाई न्याय दिएर संक्रमणकालीन न्याय दिनका लागि आयोगहरुलाई सक्रिय बनाइने र सबै पीडितहरुलाई न्याय दिइने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’