विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान

२०८२ बैशाख ३ बुधबार
सारांश
  • मंगलवार मन्त्रिपरिषद्को बैठक बस्दै सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिएकी छन् ।

 

काठमाडौं : संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्न आगामी बैशाख १२ गते (शुक्रबार) दिउँसो १ बजको लागि संघीय संसद बैठकको आह्वान गरिने भएको छ । 


मंगलवार मन्त्रिपरिषद्को बैठक बस्दै सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिएकी छन् । 


नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको मन्त्री भट्टराईले जानकारी दिईन् । 


मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुलाई विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध समेत गरेको छ ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार