शिक्षक आन्दोलनप्रति आईटिएफ लन्डनको ऐक्यवद्धता, महासचिव राईले हस्तान्तण गरे पत्र

२०८२ बैशाख ३ बुधबार
सारांश
  • फेडेरेशनका महासचिव स्टेफन कटनका तर्फबाट लिखित सन्देश बुधबार आन्दोलनका क्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलाई हस्तान्तरण गरियो ।


काठमाडौं : जारी शिक्षक आन्दोलनलाई ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन (आईटिएफ) लण्डनले समर्थन तथा एक्यबद्धता जनाएको छ ।


फेडेरेशनका महासचिव स्टेफन कटनका तर्फबाट लिखित सन्देश बुधबार आन्दोलनका क्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलाई हस्तान्तरण गरियो । लिखित सन्देश लिएर लन्डनबाट फर्किएका फेडेरेशनका केन्द्रीय सदस्य एवम ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले सन्देश पत्र हस्तान्तरण गरेका हुन् । 


सो अवसरमा राईले राज्यसत्त्ता तथा राजनीतिक दलका केही नेताहरु पेशाकर्मीहरु तथा ट्रेड युनियन आन्दोलनप्रति अनुदार रहेको र आफ्नो अधिकार राज्यसत्तासंग खोसेर र भिडेरै लिने  बताए ।


आफुले गत चैत्र २८ र २९ मा लण्डनमा सम्पन्न ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन , लण्डनको विश्व कार्य समिति बैठकमा नेपालमा वर्तमान श्रमिक आन्दोलनमा देखिएको समस्या तथा वर्तमान शिक्षक आन्दोलनप्रति आफनो धारणा राखे पश्चात फेडेरेशनका अध्यक्ष पेडडी क्रुमलिनले नेपालको श्रमिक आन्दोलनलाई दरिलो बनाउन र शिक्षक आन्दोलनप्रति एक्यबद्धता साथै सहयोग तथा सदभाव रहने बताएका थिए ।


सो पश्चात फेडेरेशनबाट महासचिव स्टेफेन कटनले पठाएको ऐक्यबद्धता पत्रमा शिक्षकहरुको आन्दोलनप्रति फे्डेरेशनको चासो रहेको र विद्यालय शिक्षा ऐन यथाशिघ्र जारी गदैै विगतमा भएका सम्झौतहरु चाँडो भन्दा चाँडो कार्यान्वयन गर्ने व्यहोरा उल्लेख भएको लिखित सन्देश पठाएका हुन् ।


फेडेरेशनमा विश्वभर दुई करोड बढी यातायात क्षेत्रको सदस्य रही सबै महादेशहरुबाट ६० जना विश्व कार्य समिति रहेकोमा नेपालकातर्फबाट राइले सो समितिमा सन २०२९ सम्मका लागि प्रतिनिधित्व गरेका छन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार