कांग्रेस एमालेसँग मिसिन गएको होइन्, फोहोर सफा गर्न गएको हो : गगन थापा
२०८२ बैशाख २ मंगलबार
- मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानमा केही कुराहरु बदलाव ल्याउने कुरा तुरुन्त प्रारम्भ हुन्छ भन्ने आशा भएपनि त्यो पूरा हुन नसकेको बताए ।
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य गर्दा अपेक्षित रुपमा जनताले चाहेका काम पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानमा केही कुराहरु बदलाव ल्याउने कुरा तुरुन्त प्रारम्भ हुन्छ भन्ने आशा भएपनि त्यो पूरा हुन नसकेको बताए ।
उनले भने, ‘कांग्रेसले भरोसा दिन सकेको छैन् । नेकपा एमालेसँग मिलेर सरकारमा गयौं । एमालेसँग मिलेर सरकार गएपछि के ठानेका थियौं भने दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानका पनि केही कुराहरुमा बदलाव ल्याउने कुरा तुरुन्त काम प्रारम्भ गर्छौं । खागरी गभर्नेन्समा व्यापक सुधार गर्छौं भन्ने थियो । त्यो पनि ढिला भएको छ ।’
त्यस्तै उनले २०६० देखि ७० सालसम्मको दश वर्ष माओवादी हिंसाले सृजना गरेको परिणामहरुको व्यवस्थापन गर्दै दश वर्ष वितेको बताए । अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि पनि धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको उनको भनाई छ ।
उनले भने,‘यो २०६० देखि ७० सालसम्मको दश वर्ष माओवादी हिंसाले सृजना गरेका जतिपनि परिणामहरु रहे त्यसको व्यवस्थापन गर्दै दश वर्ष वित्यो । अब दौडने बेला भयो । संविधान पनि बन्यो सिस्टम पनि बन्यो । त्यहाँभित्र पनि समस्या त छन् त्यसलाई सम्बोधन गर्ने सच्याउने कुरा त छँदै छ । अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि चाँही धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको छ ।’
त्यस्तै उनले एमालेभित्रको फोहोर सफा गर्न सहकार्य गरेको भन्दै त्यही मिसिन भने नगएको दाबी गरे ।
उनले भने,‘यत्ति कुरामा विश्वास गर्नुस् फोहोर सफा गर्न पोखरीमा छिरेका छौं । त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ । ‘तर, हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिदैनौं । त्यसकै अंग बन्न गएकै होइन ।’
देशमा कंकटको गतिकामा काम गर्नुपर्ने बेलामा सरकार ट्याक्टरको गतिमा बढेको भन्र्दै उनले सरकारले अपेक्षित गति पकड्न नसकेको टिप्पणी गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।