- सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बैसाख ९ गते आफ्नो पार्टी स्थापनाका दिन सात जनालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनसँग र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल गरेको छ ।
सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बैसाख ९ गते आफ्नो पार्टी स्थापनाका दिन सात जनालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उनले भने, ‘बैठकमा केही पार्टीको आन्तरिक जीवनसँग जोडिएका र केही राष्ट्रिय राजनीतिसँग जोडिएका विषयहरुमा छलफल गरेका छौं । आगामी बैसाख ९ गते पार्टी स्थापनाको ७६ वर्षगाँठ सम्पन्न भएर ७७ औँ वर्षगाँठलाई भव्य रुपमा मनाउने तयारी गरेका छौं । त्यसमार्फत नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ उर्जा, शक्ति, सामथ्र्य र नयाँ दिशाका साथ अगाडि बढाउने हामीले संकल्प गर्ने छौं । विगत वर्षमा जस्तै हामीले कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने केही विशिष्ट व्यक्तित्वहरुलाई कम्युनिष्ट योद्धाको हिसावले सम्मान गर्ने निर्णय बैठकमा गरेका छौं । त्यसअन्र्तगत लालबहादुर विश्वकर्मा कञ्चनपुर, रत्नशर्मा न्यौपाने जाजरकोट, शोभाराम बस्नेत दाङ, बाचस्पति देवकोटा गोरखा, शान्ता मानवी काठमाडौं, शत्यनारायण मण्डल सप्तरी र हरिचरण सिवाकोटी झापालाई यो वर्षको कम्युनिष्ट योद्धा सम्मानबाट सम्मानित गरिने निर्णय भएको जानकारी गराउन चाहन्छु ।’
साथै माओवादी अध्यक्ष प्रचण्डले आइतबार चितवनमा नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति एमालेले खारेज गरेको छ ।
ज्ञवालीले भने, ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको एक खालको कुण्ठा र पीडाबोध प्रकट हुन्छ । अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ न औचित्य छ । राष्ट्रिय राजनीतिको अरु यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्तामोह बाहेक अरु केही पनि होइन । त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौं ।’
अझै ‘बेटर पर्फर्मेन्स’ का लागि सरकारलाई भनिरहेको भन्दै उनले थपे, ‘केही कमीकमजोरीलाई आधार मानेर कोही व्यवस्था नै पल्टाउन कोसिस गर्ने अर्काथरी सरकार परिवर्तनको ध्यानमा मात्र जाने अस्थिरताका प्रयत्न हुन् ती गलत हुन् । सफल हुँदैनन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।