सुशासन र अग्रगामी परिवर्तनको संकल्प नै नया वर्षको शुभकामना : प्रचण्ड

१ बैसाख, २०८२, सोमवार
सारांश
  • नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना दिदैँ उनले २०८२ साल नयाँ चुनौती र अवसरहरू लिएर हाम्रो सामु उपस्थित भएको बताएका हुन् ।

काठमाडौँ, ०१ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तनको संकल्प र प्रतिबद्धता नै नया वर्षको शुभकामना भएको बताएका छन् ।

 

नयाँ वर्ष २०८२ को अवसरमा  शुभकामना दिदैँ उनले २०८२ साल नयाँ चुनौती र अवसरहरू लिएर हाम्रो सामु उपस्थित भएको बताएका हुन् ।

 

उनले भने,‘लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र हो भन्ने तथ्य स्पष्ट नै छ । नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तन चाहन्छन् भन्ने तथ्य पुनः पुष्टि गर्दै नयाँ संकल्प लिन अग्रसर छन्।

यही संकल्प र प्रतिबद्धता नै नयाँ वर्ष २०८२ को साँचो अर्थमा शुभकामना हुनेछ ।’

 

उनले संविधानको पूर्ण कार्यान्वयन नहुँदा लोकतान्त्रिक प्रणालीप्रति प्रश्न उठाउन खोजेको भन्दै सरकारका जनविरोधी क्रियाकलाप र प्रतिगामी षड्यन्त्रविरुद्ध संयुक्त प्रतिरोध गर्नु आजको आवश्यकता रहेको पनि बताए ।

 

उनले भविष्य पछाडि फर्केर नभई अगाडि बढेर मात्र उज्यालो भन्दै भने, ‘देशको समृद्धि र उज्ज्वल भविष्यका लागि दृढतापूर्वक आफ्ना पाइलाहरु अघि बढाऔं। आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारीको सिर्जना गरौं ।’ 


अध्यक्ष प्रचण्डले उन्नत र समृद्ध राष्ट्र निर्माणको लागि एकतावद्ध भएर अघि आह्वान समेत गरे । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार