सेनाका अधिकृत क्याडेटलाई प्रधानमन्त्रीले प्रदान गरे खुकुरी

२९ चैत्र, २०८१, शुक्रवार
सारांश
  • भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट अधिकृतलाई पुरस्कारस्वरुप खुकुरी प्रदान गरे ।

भक्तपुर, २९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न किसिमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान एवम कवाज प्रदर्शन निरीक्षण गरेका छन् ।

 

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट अधिकृतलाई पुरस्कारस्वरुप खुकुरी प्रदान गरे ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्व सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएको बेला नेपालको राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता रहेको बताए । 


उनले राष्ट्रिय सुरक्षाका साथै विपद जोखिम न्यूनीकरण र शान्तिसेनाका माध्यमबाट सेनाले दिएको योगदानको सह्राहना समेत गरे ।

 

कार्यक्रममा प्रथम महिला राधिका शाक्य, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विश्नुप्रसाद रिमाल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार