अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरु सम्मानित र सुरक्षित हुनुपर्छः अर्थमन्त्री
२९ चैत्र, २०८१, शुक्रवार
- त्यस्तै उनले वैदेशिक रोजगारीबाट सीप र पुँजी बोकेर फर्कने नेपालीहरुको लागि सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्ने खालको आधार निर्माण गर्नुपर्ने पनि धारणा राखे ।
काठमाडौँ, २९ चैत । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोगगार व्यवसायी संघको ३० र ३१ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा बोल्दै उनले अन्तराष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले उपस्थिति जनाउनसक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको भन्दै सरकारको त्यसतर्फ ध्यान गएको बताए ।
उनले भने,‘हामी के चाइरहेका छौ भने देशभित्र रोजगारीका अवसर सिर्जना गर्नेे भन्ने हो । र नेपाल अहिले अन्तर्राष्ट्रिय श्रम बजारमा गइरहेको छन् । जाने अवस्था छ । त्यो अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा उहाँहरुले आफ्नो उपस्थिति जनाउनसक्ने खालको परिस्थिति निर्माण गर्नुपर्छ भन्ने पक्षमा सरकार छ ।’
त्यस्तै उनले वैदेशिक रोजगारीबाट सीप र पुँजी बोकेर फर्कने नेपालीहरुको लागि सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्ने खालको आधार निर्माण गर्नुपर्ने पनि धारणा राखे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।