सरकारले वातावरणमैत्री यातायात विकासमा ध्यान दिएको छ : मन्त्री दाहाल
२०८१ चैत २९ शुक्रबार
- शुक्रबार काठमाडौंमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलनमा उनले नेपालमा केही भएको छैन् भन्ने गलत भाष्यलाई चिर्नको लागि सरकारले वातावरणमैत्री यातायात र सडक निर्माणमा गरिरहेको बताए ।
काठमाडौं : भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले पछिल्लो समय सरकार वातावरणमैत्री यातायात विकासलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलनमा उनले नेपालमा केही भएको छैन् भन्ने गलत भाष्यलाई चिर्नको लागि सरकारले वातावरणमैत्री यातायात र सडक निर्माणमा गरिरहेको बताए ।
उनले भने, ‘वातावरणमैत्री यातायातको बारेमा पछिल्लो समय बढि प्राथमिकतामा रहेको छ । जलवायु परिवर्तनले पनि धेरै क्षेत्रमा प्रभाव पारेको छ, त्यही भएर अहिले वातावरणमैत्री यातायात विकासमा बढि ध्यान दिएका छौ । वातावरणमैत्री सडक निर्माणमा पनि हामी अगाडि बढेका छौ । नेपालमा केही भएको छैन् भन्ने भाष्य निर्माण गर्न खोज्ने मान्छेहरुलाई गलत सावित गर्न पनि लागि परेका छौ ।’
यस्तै, उनले सम्मेलनले भविष्यको लागि नवीनतम, दिगो यातायातको व्यवस्थाको लागि महत्वपूर्ण सुझावहरु दिने आशा गरेको पनि बताए ।
सम्मेलन ‘सुरक्षित, स्थिर, कुशल तर्फ केन्द्रित नियमित गतिशीलता’ भन्ने मूल नाराका साथ आयोजना भएको हो ।
सम्मेलनमा दिगो सहरीकरण, नविनतम यातायात प्रविधि, यातायातको व्यवस्थामा नीतिको भूमिका बारेमा प्यानलगत रुपमा छलफल पनि हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।